×

NMB BANK
NIC ASIA

पुस्तक समीक्षा

सेतो याक : यात्रा, रोमान्स र हिमालको कथा

जेठ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निजामती सेवामा सहसचिव पदमा रहेका केदार पनेरुले ‘सेतो याक’ नामक उपन्यास हालै पाठकसमक्ष ल्याएका छन् । सरकारी कर्मचारीसँगै उनको नयाँ परिचय थपिएको छ – साहित्यकार ।

Muktinath Bank

काठमाडौंको दिक्दार जिन्दगीबाट शुरू भएको सेतो याकको कथा हिमाली जिल्ला रसुवा केन्द्रित छ । रसुवा जिल्लाको खैंदी, टिमुरे र लाङटाङ हिमालका परिवेशलाई उपन्यासमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपन्यासको शुरूवाती शिल्पशैलीले पाठकलाई पनि यात्रामोह जगाउन सक्ने खालको छ । दाजुभाउजुको हेला र अपमानले विरक्तिएर घर छाडेर हिँडेकी निमा हिमाल आरोह गर्ने पर्यटकको भरिया हुन्छे । त्यही क्रममा निमाको भेट स्वीजरल्याण्डका पिटरसँग हुन्छ । पिटर राम्रो नेपाली बोल्न सक्छन् । यात्राकै क्रममा निमा र पिटर नजिकिन्छन्, प्रेममा पर्छन् । उनीहरूको प्रेमलाई पनेरुले रोमाञ्चक ढंगले पस्केका छन् ।


Advertisment
Nabil box
Kumari

पिटर र निमाको प्रेम झांगिएपछि उनीहरू यस्तो अवस्थामा आइपुग्छन् : २ धड्कनको आवाज एकै भयो । पिटरको बलियो पाखुराभित्र कसिँदै गई निमा । हिमालको चिसो फेदीमा जोडिए एकअर्काका ताता ओठ । उनीहरूले सँगै फेरेको सास उड्दैउड्दै गएर हिमालको हिउँसँगै मिसियो । अलिकति लजायो हिउँ र पोखियो सल्लाका पातहरूमा । पिटरको नाङ्गो छातीमा भर्खरै फक्रँदै गरेका निमाका छातीका दुई फूलहरू सर्लक्क पोखिए । त्यो चिसो वातावरणलाई जित्दै लग्यो निमा र पिटरको तातो शरीरको बाफले । भोटेकोशीको भेलभन्दा तीव्र गतिमा उर्लियो उनीहरूको नशानशाको रगत । चुर्लुम्मै डुबे एकअर्कामा । चरमोत्कर्षमा पुग्यो उनीहरूको बेहोशीपन । निकै बेरको उर्लंदो भेल शान्त भयो दुवैको जब निमाले आफूलाई निर्वस्त्र पाई ।

Vianet communication
Laxmi Bank

सँगै बाँच्ने कसम खाएर निमालाई दुई जिउकी बनाएका पिटरले एकाएक किन निमालाई छाड्छन् ? यसका लागि पाठकले उपन्यासलाई अन्तिमसम्म पढ्नैपर्छ ।

पढ्दै गर्दा उपन्यासमा प्रेम, यात्रा र यौन पाइन्छ तर ठाउँ–ठाउँमा कहानी यसरी मोडिन्छ, जसमा पाठकमा अब के हुन्छ भन्ने कौतुहलता सिर्जना गराइदिन्छ । 

पिटर विना उनको नासो पेटमै बोकेर हिँडेकी निमाको दुःख कहालीलाग्दो छ । बाँच्नका लागि उनले गरेको संघर्ष र जिन्दगीबाट हार खाएर आत्महत्या गर्न खोज्दाको परिस्थितिले मन छुन्छ ।  

दोर्जे निमाको मित दाजु । निमालाई पुनः समाजमा स्थापित गराउन अनवरत लागिरहने दोर्जे र उनको उनको प्रेमका प्रसंगले रोमाञ्चित बनाउँछ । ७ वर्षको उमेरमै पिटरको नासो फुर्वाले आफ्नी आमा गुमाउँछ र दोर्जेलाई पनि । 

आमा निमा र दोर्जेलाई गुमाएको फुर्वालाई पेमाले स्याहार्छिन्, लालनपालन गर्छिन् । फुर्वा र डोल्माले कथालाई बाँधेर राख्छन् । कथा पढ्न बसेपछि नसकुञ्जेल उठ्नै मन लाग्दैन ।

तर एक्कासी पेमा र उनको गाउँलाई छाडेर छोरा दावासहित फुर्वा र डोल्मा खैंदी छाडेर टिमुरे झर्छन् । उनीहरू टिमुरे झर्नुपर्दाको बाध्यताले पाठकको आँशु खसालिदिन्छ ।

उपन्यासमा समाजका सानासाना विषयवस्तु र त्यसले पार्ने प्रभावलाई गज्जबसँग उल्लेख गरिएको छ । हिमाली भेगका वासिन्दाले भोग्दै आएका समस्या, अशिक्षा र गरीबीलाई पनि उपन्यासमा उनिएको छ ।

पनेरुले उपन्यासमा दुःखका कहानी र रोदनलाई मात्रै महत्त्व दिएका छैनन्, पाठक किताबमै अल्झाइरहन प्रेम र यौनलाई ठाउँ–ठाउँमा ‘स्पेस’ दिएका छन् । नाम्चे र डिकीको प्रेम कहानीले पनि पाठकलाई पढिरहन मन लाग्ने बनाउँछ । अझ डिकी पात्रको चरित्रले समाजमा नदेखिएको भित्रिपाटोलाई उजागर गरेको छ । 

पनेरु रसुवागढी नाकामा भन्सार प्रमुखको रूपमा कार्यरत रहेका कारण उनले हिमाली परिवेशलाई उपन्यासमा दुरुस्तै उतारेका छन् । यो उनको खुबी हो । 

बच्चादेखि नै आफ्नो विदेशी पिता ‘आप्पा’ लाई सम्झिरहने, उनको अनुहार हेर्न लालायित हुने फुर्वाले संयोगवश भेट्छ तर उनी पिटर नभइ ‘सेतो याक’को रूपमा हुन्छन् । छोरा फुर्वाले बुढ्यौली उमेरमा पिताको अनुहार हेर्न पाउँछ ।

उसले छोरा फुर्वालाई निमाबाट टाढिनुको विवशता सुनाउँछन् र अर्को जुनि निमासँगै नेपालमा अझ रसुवामै जीवन व्यतित गर्न पाउँ भन्ने भनाइले पिटरको नेपाल मोहलाई झल्काउँछ ।

पिटरले निमासँगको प्रेम र उनीसँग बिताएका पलहरूलाई संगालेर राखेको उपन्यासमा उल्लेख छ । 

उनीसँग समय बिताउन पाउँदा फुर्वाको परिवारसँगै सिंगो टिमुरे गाउँमा नै खुशीयाली छाउँछ । कारण हो – उनले टिमुरे लगायतका क्षेत्रमा निकै ठूलो योगदान गरेका छन् ।

पिटर एकाएक कसरी सेतो याक हुन गए ? त्यसका लागि पनि उपन्यास पढ्नुपर्छ ।

उपन्यासको बलियो पक्ष भनेको उत्तरी हिमाली जिल्ला रसुवाका वासिन्दाको इमान्दारिता, परम्परा, संस्कृति र जीवनशैलीलाई बडो शिलशिला मिलाएर प्रस्तुत गरिनु हो । उपन्यासका पात्र र कथामा देखिएका ट्विस्टले पाठकलाई अन्तिम पृष्ठसम्म लान उत्प्रेरित गराउँछ । पुस्तकमा नेपाली महिलाको विदेशी मोहलाई पनि देखाइएको छ ।

उपन्यासलाई कुनै नाम चलेका प्रकाशन गृहले बजारमा ल्याएको होइन र पनि उत्कृष्ट छ । नाम चलेका पब्लिकेसनले मात्रै स्तरीय किताब निकाल्छ भन्ने भ्रमलाई चन्दा पनेरु प्रकाशक रहेकी सेतो याकले गतिलो झापड दिएको छ ।

अझ यसको आकार हेर्दा के होला र भन्ने भ्रम पर्न सक्छ पाठकमा तर कथा पढेपछि लाग्यो सेतो याकले १८५ पेजको ३०० रुपैयाँ तोकेको मूल्य जायजै लाग्छ । किताबलाई डीबीओ प्रेस मुद्रण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x