फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थीलाई पढाउन भ्याएका छन् । १५ मिनेट मन्तव्य दिएका मुख्यमन्त्री शाहीले विद्यार्थीहरुलाई सज्जन बन्न आग्रह गरे ।
‘कस्तो मान्छेले सम्मान पाउँछ ? कस्तो व्यवहार देखाए राम्रो मान्छे बनिन्छ ?’ विद्यार्थीहरूसँग सवालजवाफ गर्दै मुख्यमन्त्री शाहीले प्रश्न सोधे, ‘नमस्कार गरे, संस्कार अनुसार अघि बढे, अनुशासित बने माया पाइन्छ ।’
उनी यतिमै रोकिएनन्, ‘कक्षाकोठा सफा राख्नुस्, बाटो सफा राख्नुस्, घर सफा राख्नुस्,’ उनले थपे, ‘सबै ठाँउ सफा राखे चिल्लो सडक हुन्छ, सफा आँगन, विद्यालय हुन्छ । अनिमात्र सफा शहर हुन्छ । अहिले वीरेन्द्रनगर कस्तो छ ?’ विद्यार्थीले जवाफ दिए, ‘फोहोर छ ।’
मुख्यमन्त्री शाहीले चामल, दाल, नुन, तेल, ग्यास सबै भएपनि आफैले पकाएर खान नजान्नेको संख्या बढेको बताए । ‘हामीलाई व्यवहारिक, व्यवसायिक, वैज्ञानिक शिक्षा चाहिन्छ । किताब लेखेर मात्रै देश बन्दैन के गरे देश बन्छ ?’ विद्यार्थीले जवाफ फर्काए, 'काम गरे देश बन्छ ।'
मुख्यमन्त्री शाहीले पकाएर खाने शिक्षा चाहिएको बताउँदै पाठ्यक्रम परिवर्तन गर्नुको विकल्प नरहेको बताए । बालबालिका उदाँउदो सूर्य भएको बताउँदै समृद्ध कर्णाली बनाउने अभियानमा जहाँ सकिन्छ, जति सकिन्छ सहभागी हुन सबैलाई आग्रह गरे ।
‘प्रदेश निर्माणको अभियानमा सबैको साथ सहयोग र सक्रियता आवश्यक छ,' मुख्यमन्त्री शाहीले भने, ‘त्यसका लागि आजैबाट कक्षाकोठामा, घरमा समृद्ध कर्णालीका लागि बहस गरौं छलफल गरौं ।’
तर मुख्यमन्त्री शाही सहभागी कार्यक्रम शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित ‘महिला हिंसा र लागू औषध दुर्व्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम तथा सडक सुरक्षा कार्यक्रम थियो । आन्तरिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोग रहेको उक्त कार्यक्रमको आयोजना भने प्रदेश प्रहरी कार्यालय रहेको थियो ।
‘मुख्यमन्त्री आए केटा केटी पढाए गए,’ कार्यक्रममा सहभागी रमेश शाहीले भने, ‘विषयवस्तु भन्दा फरक मन्तव्य दिए अनि गए ।’
उनले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै मन्तव्य दिएको आरोप लाग्यो । ‘कम्तिमा कार्यक्रमसँग सम्बन्धित केही कुरा राख्नुपर्ने थियो,’ उनले भने, ‘विदार्थीलाई पढाएर ताली पाए । अब मुख्यमन्त्री शाहीले हरेक विद्यालयको कक्षा कोठामा गएर अध्यापन गराए राम्रो हुने मेरो अपेक्षा छ ।’
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...