मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – दक्षिण कोरियाको एउटा गैरसरकारी संस्थाले उत्तर कोरियाका ३१८ वधशाला पत्ता लगाएको छ । यसको उपयोग सरकारले सार्वजनिक रूपमा मृत्युदण्ड दिनका लागि गर्ने गरेको छ ।
एनजीओले विगत चार वर्षमा देश छोडेका ६१० जनासँग कुराकानी गरेर रिपोर्ट तयार पारेको हो ।
दशकौंदेखि दिँदै आएको मृत्युदण्डको विवरण यसमा खुलाइएको छ । मारिने व्यक्तिहरूको अपराध दक्षिण कोरियाली टीभी च्यानल हेर्नेदेखि गाई चोर्नेसम्मको रहेको बताइएको छ ।
एनजीओका अनुसार, नदी, मैदान, बजार, विद्यालय र खेलमैदान जस्ता ठाउँमा सार्वजनिक मृत्युदण्ड दिने गरिएको छ ।
मृत्युदण्ड हेर्नका लागि एक हजारभन्दा बढी मानिसको भीड जम्मा हुने गरेको प्रतिवेदनमा उल्लिखित छ ।
दोषी व्यक्तिको परिवारलाई अनि बालबच्चालाई समेत हत्याको दृश्य हेर्न बाध्य बनाइने गरेको रिपोर्टको दाबी छ ।
मारिएका व्यक्तिको शव परिवारलाई दुर्लभै मात्र फिर्ता दिने गरिएको छ ।
मृत्युदण्डको सजाय पाउने व्यक्तिहरूमध्ये सबैभन्दा कम उमेरको व्यक्ति सात वर्षको बच्चा थियो ।
कैयौं सार्वजनिक मृत्युदण्ड जेल र श्रमशिविरहरूमा दिइएको थियो । त्यहाँ राजनीतिक अपराधको सजाय खेपिरहेका मानिसलाई शारीरिक श्रम गर्न लगाइन्छ ।
देश छोडिसकेका एक व्यक्तिले सन् २००० को आरम्भमा श्रम शिविरबाट भाग्ने प्रयास गर्ने तीन महिलाको हत्या हेर्नका लागि ८० कैदीहरूलाई बाध्य बनाइएको बताए ।
रक्षा मन्त्रालयका अधिकारीहरूले भीडतर्फ फर्केर 'तिमीहरूको हालत पनि यस्तै हुनेछ' भनी चिच्याएको उनले बताए ।
मानिसहरूमा हत्याको डर उत्पन्न गर्नका लागि यस्ता हत्या गर्ने गरिएको प्रतिवेदनमा लेखिएको छ । सरकारले नचाहेको काम जनताले नगरून् भनी मृत्युदण्डको भय देखाइने गरेको छ ।
अधिकांश मृत्युदण्ड गोलीप्रहार गरेर दिइने गरिएको छ । प्रायः तीनजना बन्दूकधारीले तीनचोटि दोषी व्यक्तिको शरीरमा गोली चलाउने गरेका छन् ।
मृत्युदण्ड दिने मानिसहरू प्रायः नशामा लट्ठ हुने गरेको धेरै मानिसले बताए ।
दोषीहरूको छाला पनि काढ्ने गरिएको बताइएको छ ।
प्रतिवेदन लेख्ने व्यक्तिहरूमध्ये एक एथन शिनले एएफपीलाई बताए, ‘सार्वजनिक मृत्युदण्डको सजाय अहिले निकै घटेको छ ।’ तर प्योङयाङले गोपनीयता अपनाएर अझै पनि मृत्युदण्ड दिइरहेको हुनसक्ने उनको भनाइ छ ।
विगतमा अनेकौं अधिकारीहरूलाई मृत्युदण्ड दिइएको थियो । तर मृत्युदण्डका केही खबरहरू भने झूटा साबित भएका थिए ।
बीबीसीबाट
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...