असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं – भारतको गोवमा एउटा गाउँ वर्षको ११ महिना पानीभित्र हुन्छ भने जम्मा एक महिना पानीबाहिर देखिन्छ ।
११ महिना अर्को ठाउँमा गएर बस्ने गाउँलेहरू एक महिनाका लागि यहाँ आउँछन् र उत्सव मनाउँछन् ।
पश्चिमी घाटका दुईवटा पहाडको बीचमा रहेको कुदी गाउँ सालोलिम नदीको किनारमा पर्छ ।
दक्षिणपूर्वी गोवाको यो गाउँ पहिला निकै जीवन्त थियो ।
तर सन् १९८६ मा गाउँलेहरूले यो ठाउँ छोडेर जानुपरेको थियो । राज्यले बाँध बनाएपछि गाउँ डुबेको थियो ।
तर हरेक वर्षको मे महिनामा पानी घटेपछि गाउँ देखिन थाल्छ ।
गाउँको भग्नावशेष, बिग्रेका घरेलु सरसामान र पानीले भरिएका साना तलाउको बीचमा बाँझो खेत यहाँको दृश्य हो ।
यहाँको बाँझो जमीन कुनै बेलामा निकै ऊर्वर थियो । गाउँको जनसंख्या लगभग तीन हजार थियो । मानिसहरू धानखेती गर्थे अनि नरिवल, काजु, आँप र कटहरका बोट पनि हुन्थे ।
त्यहाँ हिन्दू, मुसलमान र क्रिस्चियनहरू सँगै बस्थे । त्यहाँ एउटा मुख्य मन्दिरबाहेक साना साना अनेकौं मन्दिर, एउटा चर्च र एउटा मस्जिद पनि थिए ।
सन् १९६१ मा पोर्चुगिजहरूबाट स्वतन्त्र भएपछि परिवर्तन आयो ।
पहिलो मुख्यमन्त्री दयानन्द बान्दोडकरले गाउँ भ्रमण गरे अनि बाँध बनाउने योजना बनाए । उनले गाउँलेहरूलाई बोलाएर बाँध बनाउन दक्षिणी गोवालाई फाइदा हुन्छ भनी सम्झाए ।
यो अत्यन्तै महत्त्वाकांक्षी योजना थियो । सालोलिम नदीको किनारामा बाँध बनाइने हुँदा यसलाई सलोलिम सिँचाइ परियोजना नाम दिइयो ।
त्यतिखेर परियोजनाबाट पिउने पानी, सिँचाइ र औद्योगिक आवश्यकताका लागि पानी उपलब्ध गराइने भनिएको भए पनि अहिलेसम्म त्यसलाई पूरा गरिएको थिएन ।
यसबाट ४० करोड लिटर पानी प्रत्येक दिन पाइने भनिएको थियो ।
तर कुदी गाउँका मानिस बसेको ठाउँमा बाँधको पानी पुग्न सकेन ।
मे महिनामा पानी घट्दा कुदीका मूल निवासीहरू आफ्नो घर हेर्न आउँछन् ।
क्रिस्चियनहरू चर्चमा भेला हुन्छन् र हिन्दूहरू मन्दिरमा उत्सव मनाउन थाल्छन् ।
गोवाकी समाजशास्त्री वेनिशा फर्नान्डिजका अनुसार, कुदीका मानिसका लागि जमीन नै पहिचानको माध्यम थियो । उनीहरू गहिरो गरी जमीनसँग जोडिएका थिए । त्यसैले उनीहरू गाउँलाई एकदमै याद गर्छन् र त्यहाँ पुगिरहन्छन् ।’
बीबीसी हिन्दीबाट
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...