×

NMB BANK
NIC ASIA

जोमसोम विमानस्थल स्तरोन्नतिको काम तीव्र

जेठ ३१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

मुस्ताङ – मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमीनको तह मिलाउने (ग्रेड सुधार) को काम सकिएको छ । पर्खाल, नाली, घेराबार र तटबन्धको कामले पनि तीव्रता पाएको छ । जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आउँदो साताभित्र धावनमार्ग सुधारको काम सकिनेछ । असार ८ गतेदेखि विमानस्थलमा नियमित उडान हुने कार्यालय प्रमुख भानु कोइरालाले बताए ।


Advertisment
Nabil box
Kumari

धावनमार्ग कालोपत्र र ‘ग्रेड’ सुधारले जहाज उडान तथा अवतरणमा सहजता थपिने उनको भनाइ छ । धावनमार्ग जीर्ण हुँदा र ‘ग्रेड’ नमिल्दा दुर्घटनाको जोखिम थियो । विमानस्थलभित्रको भिरालो जमीनलाई सम्याएर धावनमार्गकै तहमा ल्याइएको निर्माण कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बाए ।

Vianet communication
Laxmi Bank

“धावनमार्गको काम एक साताभित्रै सकिन्छ”, उनले भने, “असार मसान्तसम्ममा बाँकी सबै काम सक्छौँ ।” रातदिन नभनी मजदूर र व्यवस्थापन पक्ष काममा खटिएको उनको भनाइ थियो । 

नागरिक उड्डयन प्राधिकरणले गत असोजमा एपेक्स निर्माण कम्पनीलाई विमानस्थल सुधारको जिम्मा दिएको थियो । रु नौ करोडमा सम्झौता भएको योजनाको काम फागुन १५ गतेदेखि मात्र शुरू भएको थियो ।

चिसो र हिमपातका कारण ढिलो गरी काम शुरू भएको निर्माण कम्पनीले जनाएको छ । जोमसोममा हावाहुरी चल्ने र मौसिम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको कार्यालयले जनाएको छ । 

पोखरा–जोमसोम हवाइमार्गमा तारा, यति, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटक र तीर्थयात्रीको चापले वैशाख–जेठ महीना विमानस्थल बढी व्यस्त हुने गर्छ ।

पोखरादेखि १८ मिनेटको उडानमा जोमसोम पुगिन्छ । जहाजबाट मुस्ताङ जाने पर्यटक यतिबेला म्याग्दीको बेनी हुँदै सडकमार्गबाट मुस्ताङ पुगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x