मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
रामायणबारे सामान्य जानकारी राख्नेलाई पनि थाहा होला कि भगवान रामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रुपमा भएको थियो । रामायणका अनुशार भगवान विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (१३ कला), लक्ष्मण (२ कला), भरत र शत्रुधन क्रमशः एक एक कलामा विभाजीत गरेर चारवटा पुत्रको रूपमा जन्म लिएका थिए ।
ती मध्ये सबै भन्दा जेठा श्रीराम जसलाई राम, रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदी अलग अलग नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृ बचन मान्नेहरूमा एक हुन् । उनकी माताको नाम कौशल्या थियो । राजा दशरथलाई धेरै दिन सम्म कुनै सन्तान नभएका कारण गुरु बशिष्ठको आज्ञानुशार पुत्रेष्ठी यज्ञा गराएका थिए । त्यसपछी राजा दशरथकी तिनवटी रानीहरूबाट चारवटा छोरा जन्मेका थिए ।
र रामायणबारे जानकारी राख्नेलाई यो पनि थाहा नहुने कुरै भएन कि भगवन राम १४ वर्ष वनवासमा रहे । र १४ वर्षपछि अयोध्या फर्किए । तर उनको मृत्यु कसरी भयो ? यो विषयका पछाडि भने ठूलो रहस्य लुकेको छ ।
पद्म पुराणमा उल्लेख गरिएको एक कथाका अनुसार, एक दिन एक वृद्ध सन्त भगवान रामको दरबारमा पुगे । उनले भगवान रामसँग एक्लै वार्ता गर्ने इच्छा व्यक्त गरे । त्यसपछि रामले ती सन्तलाई आफ्नो गोप्य कोठामा लगे र ढोकामा आफ्ना भाई लक्ष्मणलाई राखे । सन्तसँगको कुराकानी कसैले भंग गरे उसलाई मृत्युदण्ड दिइने रामले चेतावनी पनि दिए । लक्ष्मणले आफ्ना जेठा भाईको आज्ञा स्वीकार गर्दै उनीहरुलाई कोठमा एक्लै छाडेर आफू ढोकामा पहरा दिन बसे ।
ती बृद्ध सन्त अरु कोही नभएर विष्णु लोकबाट पठाइएका काल देव थिए । जसलाई यो बताउन पठाइएको थियो कि, भगवान रामको पृथ्वीमा आयू पूरा भइसकेको छ । र अब उनले आफ्नो लोकमा फर्किनु पर्ने छ ।
दुईजनाबीच कुराकानी चलिरहेको थियो, त्यतिबेलै ढोकामा ऋषि दुर्वासा पनि आए । उनले रामसँग कुरा गर्न चाहेको भन्दै लक्ष्मणबाट भित्र जाने अनुमति मागे । तर लक्ष्मणले जेठा भाईको आज्ञा विपरित आफूले त्यस्तो गर्न नदिने बताए ।
ऋषि दुर्वासा सधैं आफ्नो अत्यन्त क्रोधका कारण चर्चित थिए । उनको क्रोधको सिकार हरकोहीले हुनुपथ्र्यो । यहाँसम्म कि स्वयम् रामको पनि । लक्ष्मणले रोक्न खोज्दा पनि ऋषि दुर्वासा आफ्नो हटबाट पछि हटेनन् । अन्त्यमा उनले लक्ष्मण र राम दुवैजनालाई श्राप दिने चेतावनी दिए ।
लक्ष्मण द्वीविधामा परे कि अखिरमा आफ्नो भाईको आज्ञा तोड्ने कि उनलाई श्रापबाट बचाउने ? लक्ष्मण चाहँदैन थिए कि उनका कारण उनका भाईलाई कुनै हानी पुगोस् । त्यसपछि उनले एक कठोर फैसला लिए, आफ्नो बलि दिने ।
लक्ष्मणले सोच कि ऋषि दुर्वासालाई भित्र जान नदिए रामले श्राम लिनु पथ्र्यो । तर यदि लक्ष्मणले आफ्ना भाईको आज्ञाविरुद्ध गए भने उनलाई मृत्युदण्ड मिल्थ्यो । अन्तमा उनले मृत्युदण्ड स्वीकार गर्ने निर्णय गरे र आफैं कोठाभित्र छिरे ।
त्यसपछि लक्ष्मणलाई मृत्युदण्ड दिन चर्खामा बाँधियो । लक्ष्मणलाई चर्खामा बाँधिएको देखेर राम पनि धर्म संकटमा परे । उनी एकतर्फबाट आफ्नै फैसलाबाट मजबुर थिए भने दोस्रोतर्फबाट भाईको प्रेममा तड्पिँदै थिए ।
त्यसबेला आफ्नो भाई लक्ष्मणलाई मृत्यु दण्ड पाउनुभन्दा पनि देशभन्दा बाहिर जान भने । त्यसबेला देशनिकालाको सजाय पनि मृत्युदण्ड बराबर नै थियो । तर लक्ष्मण आफ्नो जेठा भाई रामबिना एक क्षण पनि रहन सक्दैन थिए । आखिरमा उनले मृत्युदण्ड नै स्वीकार गर्ने निर्णय गरे ।
उनी सरयू नदीको छेउमा गए र संसारबाट मुक्ति पाउने इच्छा जाहेर गर्दै त्यसमा हाम फाले । यसप्रकारले लक्ष्मणको जीवनको अन्त भयो । उनी पृथ्वी लोकबाट दोस्रो लोकमा गए । लक्ष्मण सरयू नदीभित्र गएपछि उनी अनन्त शेषको अवतारमा र विष्णु लोक गए ।
आफ्नो भाइले संसार छाडेपछि राम धेरै उदास थिए । जसप्रकारले रामबिना लक्ष्मण रहन सक्दैन थिए, त्यसै प्रकारले राम पनि लक्ष्मणबिना रहन नसक्ने भए । लक्ष्मणबिना जिउन रामलाई उचित लागेन । उनले पनि पृथ्वी लोक त्याग्ने विचार बनाए ।
अन्तमा उनले आफनो राज–पाट र पद आफ्ना र आफ्ना भाईका पुत्रहरुलाई सुम्पिदिए । त्यसपछि उनीपनि सरयू नदीतर्फ गए । भगवान राम सरयू नदीको भित्री भागमा पुगे र अचानक गायव भए । त्यसको केही बेरमा सरयू नदीमा भागवान विष्णुको स्वरुप देखियो । यसप्रकारले रामले आफ्नो मानवीय स्वरुप त्यागेर आफ्नो वास्तविक रुप (भगावन विष्णु)को रुप धारण गरे ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...