×

NMB BANK
NIC ASIA

अघिल्लो साता काठमाडौंबाट तीन दिन लगाएर रारा पुग्दा बिहानको १० बजेको थियो । आकाश खुला थियो, सेता रुई जस्ता केही बादल टल्किरहेका देखिन्थे । 

Muktinath Bank

मिलिचौरको जंगल हुँदै रारातर्फ अघि बढ्दा नीलो जलाशयको अंश देखियो । मनमा अपेक्षाको रोमाञ्चले आनन्द थप्दै गयो । अनि रारा किनारको चौर पुग्दा त राराको कञ्चन जलमा प्रतिबिम्बित नीलाभ आकाशले मन मुग्ध गराइहाल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल देवदारका रुखले भरिएको जंगलयुक्त डाँडाले घेरिएको छ । हरियो जंगल र नीलो पानीको समन्वयले प्रकृतिको प्रवीण चित्रकारितालाई प्रस्तुत गरेको भान हुन्छ । 


Advertisment
Nabil box
Kumari

आँखाहरू दिव्य प्राकृतिक दृश्यपान गर्नमा रमाइरहेको बेलामा मेरा अन्य ज्ञानेन्द्रिय पनि परम आनन्दको अनुभूति गरिरहेका थिए । चराहरूको चिर्बिर अनि जंगलको सुसाइले श्रवणेन्द्रिय पनि मस्त बन्न पुग्यो । 

Vianet communication
Laxmi Bank

सबभन्दा महत्त्वपूर्ण कुरा त रारा क्षेत्रमा अनुभव हुने शान्ति हो । शहरको कोलाहल र प्रदूषणमा अभ्यस्त मेरो मनमस्तिष्क अचानक शान्तिको यो वातावरणको सामना गर्दा आश्चर्यमा पर्‍यो । यो मेरा लागि नितान्त नौलो अनुभव रह्यो ।

मिलिचौरबाट पारि होटलहरू भएको ठाउँमा पुग्न करीब एक घन्टा हिँड्नुपर्ने हुन्थ्यो । तालको अन्तिम विन्दुलाई दायाँ पार्दै किनारै किनार आफ्नी पत्नी विपुलाका साथ म होटलतर्फ लागें । बाटामा ससाना नालाहरूमाथि बनेका काठेपुल तर्दैै हामी अघि बढ्यौं ।

पाइलैपिच्छे मनोरम दृश्य देखेपछि हामी दुवैजना एकछिन अडिँदै अनि तस्वीर खिच्दै बस्यौं । राराको जललाई स्पर्श गर्न उत्कट इच्छा जागेपछि म किनारामा पुगेर अञ्जुलीमा पानी उठाउन थालें । प्रकृतिको समीपमा मैले आफूलाई नियन्त्रण गर्न सकिनँ र कुनै मृगशावक जस्तो गरी लगभग नाच्दै अनि बुरुक बुरुक उफ्रिँदै अघि बढें । 

लगभग एक घन्टा हिँडेपछि हामीहरू होटल पुग्यौं । साहुजीलाई हामी आउने खबर फोनमा दिइसकेका थियौं र खाना पकाउन भनेका थियौं । त्यतिखेरसम्म ११ः३० बजिसकेको थियो र निकै भोक लागेको थियो । हामीले बूक गरिएको कोठामा गएर झोलातुम्बा थन्क्यायौं र खाना खानलाई तल झर्‍यौं ।

रारामा उल्कैसँग झिंगा भन्किने रहेछन् । होटलवालाले दुईवटा थालमा खाना ल्याइदिँदा त्यसमा झिंगा भन्किरहेका थिए । भोकको सुरमा मैले त देब्रे हातले झिंगा भन्काउँदै खाना खाएँ तर विपुलालाई खाना खान मुश्किल पर्‍यो । 


खाना खाएपछि हामीले आराम नगर्ने बरू घुम्न निस्किहाल्ने निर्णय गर्‍यौं । त्यतिखेर दिउँसोको १ बजेको थियो । काठमाडौंमा साथीहरूले रारा पुग्दा डाँडामाथि गएर दृश्य हेर्नुहोला, फोटो पनि राम्रो आउँछ भनेका थिए । त्यसैले मैले कुन डाँडा चढ्नुपर्ने हो भनी होटलवालालाई सोधें । उनले मुुर्मुको डाँडा मात्र हो चढ्न मिल्ने, त्यहीँ जानुस् भने । हिँडेर जाँदा तीन घन्टा लाग्छ, ओर्लदा त एक डेढ घन्टामा आइपुगिहाल्नुहुन्छ, बेलुकासम्म आइपुग्नुहुन्छ भने ।

मुर्मुको डाँडाको टुप्पो पुग्न ठाडो उकालो चढ्नुपर्छ र गलेर भुतुक्क भइन्छ भन्ने थाहा पाएपछि हामीले घोडा चढेर जाने निर्णय लियौं । घोडावालसँग कुरा मिलाएर हामीहरू एक एक घोडा लिएर गयौं । म चढेको घोडाले उकालो चढ्न निकै गाह्रो मान्यो । स्याँस्याँ र फ्याँफ्याँ गर्छ अनि पसिना पसिना भएको छ । अनि बाटामा जता पनि बोटबिरुवा खान थाल्छ । किन यस्तो गरेको यसले भनी घोडावाललाई सोध्दा १० दिनदेखि दाना खुवाउन पाएको छैन, अर्थोक खुवाएर मात्र राखेको भने ।

मलाई निकै ग्लानि अनुभव भयो । यस्तो भोको घोडामा चढेर बेकारमा दुःख दिएँछु, बरू म हिँडेरै जान्छु भनें । अनि घोडावाललाई यसरी पशुलाई भोकभोकै काममा लगाउन नहुनेथियो भनें । अर्की घोडावाल्नीले चाहिँ दुवै घोडा सँगसँगै हिँड्नुपर्छ नत्र मेरो घोडा अघि बढ्न गाह्रो मान्छ भनेपछि मन नलागी नलागी घोडामा फेरि चढें । बाटोमा उसको घाँटी मुसार्दै मनमनै माफी मागिरहें । 

टुप्पोमा पुग्ने बेलामा चाहिँ मलाई घोडाको पीडा देखेर असह्य भयो अनि ओर्लेरै हिँडें । यसरी हामी मुर्मुटप पुग्यौं । त्यहाँबाट राराको दृश्य साँच्चिकै अद्भुत देखिने रहेछ । डाँडाहरूले घेरिएको राराताल अद्भुत प्राकृतिक औंठी जस्तो प्रतीत हुन्थ्यो । गाढा नीलो रंगसहितको जलाशय । वरिपरि हरिया रुखको जंगल । अलि पर हिउँले ढाकिएको साइपाल हिमाल । यसरी विभिन्न रंगहरूको निकै सुन्दर समन्वय बनेको । त्यसमाथि मन्द पवन चलिरहेको । चराको चिर्बिर पनि सुनिएको । स्वर्ग त यसैलाई भन्छन् क्यारे जस्तो अनुभूति भयो । सधैं त्यहीँ बसिरहन पाए हुन्थ्यो नि भन्ने भाव मनमा उत्पन्न भयो ।

रारा क्षेत्रमा केही समय बिताएपछि के लाग्यो भने रारा बिस्तारै मेरो मनमस्तिष्कमा फैलिँदै गएको छ । यसको उद्दाम आकर्षणले म अभिभूत हुँदै गएको छु । यो ठाउँ छोडेर जानु मेरा लागि त्रासदीको अनुभव हो भन्ने विचार आइरहेको छ । मुर्मुटपमा आधी घन्टा बिताउँदा मलाई जीवनको निकै लामो समय त्यहाँ बितेको र मैले अहिलेसम्म अनुभव गरेको आनन्दको चरमोत्कर्ष त्यही भएको जस्तो लाग्यो । 

जेठ महिना रारा भ्रमणका लागि सर्वाधिक उपयुक्त समय रहेछ । यतिखेर आकाश पनि खुलेको हुन्छ अनि विभिन्न रंगका भुइँफूलहरू पनि फुलेका देखिन्छन् । हिमाली जिल्ला मुगुमा यतिबेला जाडो पनि हुँदैन । म दिउँसो हाफ शर्ट लगाएर घुमेको थिएँ तर जाडो अनुभव भएन । आरामले खुलेर घुम्दै प्राकृतिक दृश्यपानको आनन्दमा हामीहरू लिप्त हुन पायौं । 

मुर्मुटपबाट झर्दा चाहिँ घोडाले असहज अनुभव गरेन । एक घन्टाजतिमै हामीहरू तल होटलमा आइपुग्यौं । बेलुकी तालवरिपरि घुम्न जाने हो कि भनी सोच्यौं । तर त्यतिखेर चाहिँ हावा चल्ने रहेछ र चिसो अनुभव हुने रहेछ । हामीहरू कोठामा गएर बाक्लो ज्याकेट र टोपी लगाएर झर्‍यौं अनि ताल किनारामा बसिरह्यौं । ताललाई जति हेरे पनि नपुग्ने भन्या !

बेलुका उसिनेको आलु खाएर हामीहरू सुत्यौं । भोलिपल्ट उठेर हामीहरू ताल्चा विमानस्थलतर्फ लाग्यौं । रारा जाँदा तीन दिन गाडी चढेर धेरै थाकेको शरीरलाई थप दुःख नदिऊँ भन्ठानेर हामीले विमान चढेर फर्किने निर्णय लिएका थियौं ।  होटलवालाले प्लेनको टिकट एकजनालाई भनेर मिलाए । 

बिहान ६ बजे होटलबाट हामीहरू तालको किनार हुँदै ताल्चातर्फ बढ्यौं । एक घन्टा जति हिँडेपछि मास्तिर लाग्ने बेला भयो । रारालाई छोडेर जानुपर्दा मन कटक्क काटिएको जस्तो लाग्यो । अन्तिमपटक राराको दर्शन गरेर फोटो खिचेर हामीहरू जंगलभित्र पस्यौं । होटलबाट हिँडेको तीन घन्टामा हामी ताल्चा विमानस्थल पुग्यौं । 

उड्दैन भनेको सम्मिट एयरको विमान ताल्चाबाट नेपालगंजका लागि भाग्यवश उडिदियो । विमान रारामाथि हुँदै उड्यो र अन्तिमपटक राराको दर्शन गर्ने अवसर दियो । 

रारा क्षेत्रमा बिताएका लगभग २४ घन्टाका दिव्य अनुभव मनमस्तिष्कमा सधैंका लागि छापिएर बसेका छन् । रारा पुग्नुअघि सिँजा उपत्यकामा बिहानीपख घोडा चरिरहेको पाटन अनि विविध रंगले सजिएका डाँडा पनि मेरो स्मरणमा गहिरो गरी बसेका छन् । राराको देशमा जन्मिन पाएको म गर्वानुभूति गर्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x