कात्तिक १८, २०८०
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
काठमाडौं – विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने खेलमा पानीले अवरोध नगरेमा निकै रोचक भिडन्त देख्न पाइनेछ ।
पाकिस्तानका बलर मोहम्मद आमिर बललाई मज्जाले स्विङ गराउन सिपालु छन् । अनि वहाब रियाज तीव्र गतिको बल फालेर ब्याट्स्म्यानलाई अत्याउन खप्पिस छन् । शाहीन अफ्रिदीको बलमा राम्रो शार्पनेस छ ।
यी तीन पाकिस्तानी बलरहरूले भारतीय ब्याट्स्म्यानलाई आफ्नो औंलामा नचाउने सामर्थ्य राख्छन् । त्यसमाथि भारतका दुई सर्वोत्कृष्ट ब्याट्स्म्यानहरू विराट कोहली र रोहित शर्माले देब्रे हाते तीव्र गतिका बलरको बलमाथि महारथ हासिल गर्न सकेको देखिएको छैन । त्यसैले पनि आइतवारको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा छ ।
त्यसो त कोहलीले जस्तो बलको पनि सामना गर्ने क्षमता राख्छन् तर देब्रे हातका तीव्र गतिका बलरको सामना गर्दा भने उनी कमजोर देखिएका छन् । विशेषगरी पाकिस्तानी बलरहरूले उनलाई अत्याएका छन् ।
जुनेद खानले कोहलीलाई २४ बल फालेका छन्, दुई रन दिएका छन् अनि तीनपटक आउट गराएका छन् । वहाब रियाजले उनलाई दुईपटक आउट गराएका छन् । कोहलीले पाकिस्तानविरुद्धको १२ पारीमध्ये १० वटामा आउट हुँदा ६ पटक देब्रे हाते बलरहरूले पेभिलियन फर्काएका हुन् । यो दैवसंयोग मात्र हैन, कोहलीको कमजोरी नै हो ।
पाकिस्तानी बलरहरूले कोहली र रोहितलाई एलबीडब्ल्यू आउट खुबै गर्ने गरेका छन् । एलबीडब्ल्यूबाट बच्नका लागि सचिन तेन्दुलकरले बलरको बल आउनुअघि नै क्रीजबाट अलिक अघि बढ्ने गरेका थिए । त्यसो गर्दा उनलाई बलको लाइन र लेन्थलाई आफूअनुकूल ढाल्न सहज हुन्थ्यो । तर अहिलेको पुस्ताका भारतीय ब्याट्स्म्यानहरू विकेटअगाडि शफल गर्छन् र एलबीडब्ल्यूको शिकार बन्छन् ।
वहाब रियाजको सबभन्दा ठूलो हतियार बाउन्सर हो र उनी ब्याट्स्म्यानलाई कुनै रूम नदिने गरी मिडल स्टम्पमा पिच हुने गरी बल फाल्छन् । उनको अर्को खतरनाक हतियार भनेको दाहिने हाते ब्याट्म्यानबाट बल अवे मुभ गराउन सक्नु पनि हो ।
अनि शाहीन अफ्रिदी गूड लेन्थमा बल नियमित रूपमा फाल्न माहिर छन् । उनी अग्ला छन् र गूड लेन्थमा बाउन्स गराउन खप्पिस छन् । उनको एक्स्ट्रा बाउन्सले ब्याट्स्म्यानलाई झुक्याएर आउट गराउने क्षमता राख्छ ।
आमिर, रियाज र अफ्रिदीले राम्रो लेन्थमा बल फाल्ने भएकाले भारतीय ब्याट्स्म्यानहरू उनीहरूबाट सचेत हुनु जरूरी छ । आमिर फुलर लेन्थमा बल फाल्छन्, रियाज ब्याक अफ लेन्थमा विश्वास गर्छन् र अफ्रिदी गूड लेन्थका शिकारी हुन् । यी तीनजनालाई पन्छाउन सके मात्र भारतीय ब्याटिङ चल्नेछ ।
एजेन्सी
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...