साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
असार ४, २०७६
काठमाडौं – बल्खुबाट एउटा फर्ड गाडी धोबिघाटतर्फ हुँइकिँदै आयो ।
गाडीको तीव्रगति हुनसक्ने देखेर ट्राफिक प्रहरीले ‘लेजर गन’ (गाडीको गति नाप्ने यन्त्र) तेस्र्याइहाले ।
गाडीको गति नाप्न प्रयोग गरिने लेजर गनमा विवरण सहितको फोटो तुरुन्तै प्रिन्ट भइहाल्यो ।
फोटोमा देखियो –
लोकेसन – धोबिघाट
समय – १६ः२५ः०४
स्पीड जोन – ४० किलोमिटर/घण्टा
भेहिकल स्पीड – ४८ किलोमिटर/घण्टा
दूरी – ६२ मिटर
ट्राफिक प्रहरीले अलिक परबाट इसारा गरेर गाडीलाई रोक्यो । ‘किन रोकेको सर ?’ गाडी चालकले प्रश्न तेस्र्याइहाले ।
ट्राफिक प्रहरीले सवारीको गति बढी भएको जानकारी दिए । गाडी चलाउनुपर्नेभन्दा ८ किलोमिटर प्रतिघण्टा बढी तीव्र गतिमा सवारी रहेको प्रहरीले जानकारी दियो ।
तर सवारीचालक ट्राफिक प्रहरीको कुरा मान्न तयार भएनन् । प्रहरीले ‘लेजर गन’बाट प्रिन्ट गरेको फोटो देखाउँदै भन्यो, ‘यो क्षेत्रमा तपाईंले ४० किलोमिटर प्रतिघण्टाभन्दा माथि तीव्र गतिमा सवारी चलाउन पाउनुहुन्न । तपाईंले अहिले ४८ किलोमिटर प्रतिघण्टाको दरले कार कुदाउनुभयो, यसले गर्दा दुर्घटनामा पर्न सक्नुहुन्छ ।’
एकैछिन सम्झाएपछि ट्राफिक प्रहरीले उनलाई सवारी जरिवानाको दफा च (८) बमोजिम ५ सय रुपैयाँ जरिवानाको चिट काट्यो ।
यातायात व्यवस्था विभागले काठमाडौंमा बनेको कोटेश्वर–कलंकी सडक खण्डमा ४० किलोमिटर प्रतिघण्टा सवारी चलाउनुपर्ने मापडण्ड बनाएको छ । ‘लेजर गन’ले सवारीको गति नाप्दा प्रमाणको रुपमा फोटो पनि आउने भएकाले सवारी चालकलाई सम्झाउन सजिलो हुने ट्राफिक प्रहरी महाशाखाका डीएसपी रामबाबु रानाले लोकान्तरलाई बताए ।
‘लेजर गनले गति नाप्दा फोटो पनि आउने भएकाले सवारी चालकले यसको बारेमा वादविवाद गर्न पाउँदैनन् । यसले गर्दा सवारी दुर्घटनामा कमी ल्याउने विश्वास गर्न सकिन्छ,’ उनले भने ।
के हो लेजर र राडर गन ?
ट्राफिक प्रहरीले सवारीसाधनको गति नाप्न भित्र्याएको सबैभन्दा पछिल्लो प्रविधि ‘लेजर गन’ र ‘राडर गन’ हो । यसले सवारीसाधनको गतिको मापन गर्दछ । यसमा कुन ठाउँमा नापिएको भन्नका लागि लोकेशन पनि हुन्छ ।
मिति र समय पनि सँगसँगै देखाउने ‘लेजर गन’मा त्यस क्षेत्रमा हुनुपर्ने सवारी साधनको गति र मापदण्डभन्दा बढी भएमा सवारी गुडेको गतिको मापन ‘लेजर गन’ले गर्छ भने ‘राडर’ प्रिन्टबाहेक अरु सबै काम गर्ने डीएसपी रानाले बताए ।
‘यसले लोकेसन, समय, मिति र गति नापेर फोटोमा जस्ताको तस्तै उतार्ने भएकाले यो पारदर्शी पनि हुने हुँदा सबैलाई गल्ती गरेको महसुस पनि गराउन सजिलो भएको छ,’ डीएसपी रानाले भने ।
कुन–कुन ठाउँमा नाप्छ लेजरले ?
ट्राफिक प्रहरीसँग ३ वटा ‘लेजर गन’ छन् भने १५ वटा ‘राडन गन’ छन् । भक्तपुरको सूर्यविनायक—कोटेश्वर सडकखण्डमा एउटा, सातदोबाटो–नख्खु–सानेपा–बल्खु लगायतका क्षेत्रमा अर्को र ट्राफिक प्रहरी महाशाखाले सञ्चालन गरेको बालाजु हुँदै सानो झर्याङ, ठूलो झर्याङ, स्वयम्भु र विशेष गरेर कलंकी क्षेत्रमा ‘लेजर गन’ प्रयोग गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तराज पन्तले लोकान्तरलाई बताए ।
‘अहिले ठूलो बाटोमा तीव्र गतिको कारणले गर्दा दुर्घटना बढी भएको देखिन्छ । खुल्ला सडक देख्नासाथ स्वतः आफ्नो सवारीको गति बढाइहाल्ने र यसले गर्दा दुर्घटना निम्त्याउने गरेको देखिन्छ । यसलाई थोरै भएपनि लेजर गनले नियन्त्रण गर्न सक्छ भन्ने हामीले विश्वास लिएका छौं,’ एसएसपी पन्त भने ।
लेजर र राडर गनको प्रयोगमा ल्याएपछि दुर्घटना कम भएका उनले बताए । दुर्घटनाका विभिन्न कारणमध्ये एउटा कारण तीव्रगति पनि रहेको बताउँदै उनले दुर्घटना न्यूनीकरण गर्न पछिल्लो प्रविधिले ट्राफिक प्रहरीलाई सहयोग गरेको बताए ।
लेजर गनमार्फत कति परे कारवाहीमा ?
लेजर र राडर गन जेठ २८ गतेबाट ट्राफिक प्रहरीले सञ्चालनमा ल्याएको हो । गन सञ्चालनमा आएदेखि सोमवारसम्म बालाजु, कलंकी, कोटेश्वर र भक्तपुर सडक खण्डमा ५ सय ५३ वटा सवारीसाधन कारवाहीमा परेका ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...