रिलिज भएको १५ दिनमा सलमानको भारतले कमायो २०० करोड भारु

असार ४, २०७६

काठमाडौं – सलमान खानको फिल्म भारतले बक्स अफिसमा दबदबा कायमै राखेको छ । 

रिलिज भएको १५औं दिनमा फिल्मले भारतीय बजारबाट २०० करोड भारु कमाइसकेको छ । मंगलवारसम्म फिल्मले १९९.३० करोड भारुको व्यापार गरेको थियो र बुधवार उसले २०० करोड भारु कमायो । 


ADVERTISEMENT

भारतले मंगलवार २.२५ करोड भारु कमायो । 

रिलिज भएको पहिलो हप्तामा भरपूर व्यापार गरेको भारत दोस्रो हप्तामा आइपुग्दा कमजोर बनेको छ । फिल्मले २५० करोड वा ३०० करोड भारु कमाउने विषयमा शंका छ । 

तर २०० करोड कमाउने सलमान खानको यो छैठौं फिल्म हो । भारतले २०० करोड भारु कमाएपछि सलमानले कीर्तिमान बनाएका छन् । 

ईदमा जुन ५ मा रिलिज भएको भारतलाई जुन १६ मा भएको भारत पाकिस्तान क्रिकेट म्याचले पनि घाटा लगायो । 

तर भारतले विश्व बजारबाट ३००.६७ करोड भारु कमाइसकेको छ । 

शुक्रवार शाहिद कपूरको फिल्म कबीर सिंह रिलिज हुन गइरहेको छ । यो फिल्मले भारतको कमाइमा घात गर्न सक्छ । 

एजेन्सी
 

असार ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस