यस क्रिकेट विश्वकपका यी हुन् सबभन्दा सफल ब्याट्स्म्यान र बलर

असार ५, २०७६

काठमाडौं – इंग्ल्यान्डमा भइरहेको क्रिकेट विश्वकपमा २५ वटा खेल सम्पन्न भइसकेका छन् । 

यस प्रतियोगितामा सबभन्दा बढी विकेट लिने खेलाडीहरूको कुरा गर्दा पाकिस्तानका मोहम्मद आमिर टपमा छन् । उनले चार खेलमा १३ विकेट लिएका छन् । उनीपछि अस्ट्रेलियाका मिसेल स्टार्कले पाँच खेलमा १३ विकेट लिएका छन् । 


ADVERTISEMENT

इंग्ल्यान्डका जोफ्रा आर्चरले पाँच खेलमा १२ विकेट र्लिका छन् भने न्युजील्यान्डका लोकी फर्गुसन र प्याट कमिंग्सले ११–११ विकेट लिएका छन् । 

शीर्ष ब्याट्स्म्यानको कुरा गर्दा बंगलादेशका शाकिब अल हसनले दुई शतक र दुई अर्धशतकका साथ ३८४ रन बनाएर पहिलो स्थानमा रहेका छन् । 

इंग्ल्यान्डका जो रूट दोस्रो स्थानमा छन् । उनले पाँच खेलमा ३६७ रन बनाएका छन् । अस्ट्रेलियाका कप्तान आरोन फिन्च पाँच म्याचमा ३४३ रनका साथ तेस्रो र भारतका रोहित शर्मा तीन म्याचमा ३१९ रनका साथ चौथो स्थानमा छन् ।

अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पाँच खेलमा २८१ रन बनाएका छन् । 

एजेन्सी

असार ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस