टीभीएसको ५ दिवसीय 'सुपर सीजन फाइनान्स फेयर' हुने

असार ५, २०७६

काठमाडौं- नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला 'टीभीएस सुपर सीजन फाइनान्स फेयर' आयोजना गर्ने भएको छ ।

उक्त मेला नेपालमै पहिलो पटक आयोजन हुन लागेको कम्पनीले जनाएको छ । मेला यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन भइरहेको छ ।


ADVERTISEMENT

मेलामा ग्राहकहरूले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्न सक्नेछन् । जस अनुसार ग्राहकहरूले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरू भुक्तानीमा विश्वस्तरीय टीभीएस टु ह्वीलर आफ्नो बनाउन सक्ने कम्पनीको भनाइ छ । साथै ग्राहकहरूलाई आकर्षक मासिक किस्ता ५ हजार ५ सय रुपैयाँबाट शुरू हुनेछ।

यी सबैभन्दा पनि ज्यादा ग्राहकहरुले हरेक एक्स्चेञ्जमा ३० हजार रुपैयाँसम्मको बोनस पनि प्राप्त गर्नेछन् । 

मेलाको अन्य आकर्षणरूमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्र्याच कार्डमार्फत् ७ हजारदेखि १० हजार रुपैयाँसम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टीभीएस बाइक खरीद गर्ने ग्राहकहरूले टीभीएसका सामानहरू हेल्मेट, बाइक कभर र रेनकोट सित्तैमा प्राप्त गर्नछन् । 

असार ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस