×

NMB BANK
NIC ASIA

एनसेलको ‘कल आयो पैसा पायो’ योजना अन्तर्गत विजेता घोषणा

असार ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंं – एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । 

Muktinath Bank

योजना अन्तर्गत पहिलो ४ हप्ताका १० जना ग्राहकलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १६ देखि सञ्चालनमा रहेको योजना १३ साउन २०७६ सम्म सञ्चालनमा रहने छ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको योजना अन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा २ मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट २ बोनस स्वरुप १० मिनेटसम्म पाउछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्दछन् ।   


Advertisment
Nabil box
Kumari

बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउछन् । १ हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ । 

Vianet communication
Laxmi Bank

योजना शुरू भएको ४ हप्तामा सम्ममा ४० जना ग्राहक स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरिसकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भइसकेको छ । 

‘मेरो श्रीमान् जेठ २० गते दुबईबाट फर्कनुभएको छ । उहाँले नै मलाई उताबाट कल गर्नुहुन्थ्यो । कल आयो पैसा पायो योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै–धेरै खुशी लागेको छ,’ झापा बिर्तामोडकी राधिका रम्तेलले भनिन् । हालै मात्र उनले एनसेलको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा आफूले जितेको स्मार्टफोन ग्रहण गरेकी थिइन् ।

‘मैले यो कल आयो पैसा पायो योजना सुचारु गरेको थिए । आफू एकदमै भाग्यमानी भएको अनुभव भइरहेको छ । एनसेलले ग्राहकलाई धेरै नै सेवा सुविधा दिइरहेका छन्,’ आफ्नो खुशी व्यक्त गर्दै स्मार्टफोन विजेतामध्येकी इलामकी मञ्जना देवानले भनिन् । 

१ हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार योजना अन्तर्गतको विजेताको  छनोट गरिन्छ । प्रमाणीकरण भइसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यलयबाट तथा देशभरका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिँदै आएको छ । 

योजना अन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि बोनस योजनामा सामेल हुन सक्छन् ।

‘योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत पुर्‍याउँदछ ,’ एनसेलद्वारा जारी विज्ञप्तिमा छ, ‘ग्राहक वर्गमाझ निकै नै लोकप्रिय रहेको तथा धेरै नै राम्रो प्रतिक्रिया पाएको यस योजनाले एनसेल ग्राहकलाइ थप मूल्य प्रदान गर्ने विश्वास एनसेलको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x