सोनाक्षी सिन्हाको नयाँ फिल्म खानदानी शफीखानाको ट्रेलर सार्वजनिक (भिडियो)

असार ६, २०७६

काठमाडौं – खानदानी शफाखाना अर्थात् सेक्स क्लिनिक चलाइरहेको एक मानिस आफ्नी भतिजीलाई क्लिनिक सुम्पिएर मर्छन् । भतिजीले क्लिनिक बेच्न नपाउने, त्यसलाई चलाउनुपर्ने शर्त हुन्छ । 

भारतीयहरू यौन असाध्यै मन पराउँछन् तर त्यसका बारेमा सार्वजनिक रूपमा कुरा गर्दैनन् । यौनका कुरा गर्दा खितखिताउन थाल्छन् । यो फिल्मको प्रमुख विषय नै सेक्स हो । 


ADVERTISEMENT

सोनाक्षी सिन्हाले बेबी बेदी नामक महिलाको भूमिका निर्वाह गरेकी छन् । पञ्जाबको कुनै ठाउँमा उनले खानदानी शफाखाना चलाउनुपरेको छ । ट्रेलरमा सेक्स सम्बन्धी सबै वर्जित कुरालाई स्पष्ट भनिएको छ । यसअघि आएको भिकी डोनरको झल्को यसमा पाइन्छ । 

सोनाक्षीले सेक्स क्लिनिकमा काम गर्ने युवती बनेकी छन् । भिकी डोनरमा जस्तै अन्नु कपूर यस फिल्ममा पनि छन् । वरुण शर्मा र र्‍याप गायक बादशाह पनि छन् फिल्ममा ।

यो फिल्म साउन १० गते रिलिज हुँदैछ । फिल्मलाई शिल्पी दासगुप्ताले निर्देशन गरेकी हुन् ।

एजेन्सी
 

असार ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार