फिल्म साइन गर्नुअघि के हेर्छिन् अभिनेत्री सारा अली खान ?

असार ७, २०७६

एजेन्सी-'केदारनाथ' र 'सिम्बा' फेम अभिनेत्री सारा अली खान कम समयमै बलिउडमा जमिन् । सारा प्राय: ड्रेसिङ सेन्स र फोटोका कारण चर्चामा रहने गर्छिन् । 

बलिउड अभिनेत्री सारालाई एक प्रश्न सोधिएको थियो- एक कलाकारको हिसाबमा उसका लागि सबैभन्दा जरूरी चीज के हुन्छ ? 


ADVERTISEMENT

उनले भनिन्, 'म आफ्नो करियरलाई एक नयाँ च्याप्टर रूपमा लिन्छु । मेरो लागि अभिनयले निकै अर्थ राख्छ । मलाई लाग्छ कि राम्रो काम गर्न र आफ्नो फेमलाई याद राख्नु पनि निकै जरूरी हुन्छ । एउटा चीज मेरो लागि निकै जरूरी हुन्छ, त्यो हो- विश्वास । जुनसुकै फिल्म, स्क्रीप्ट वा निर्देशक त्यसका लागि विश्वास हुनैपर्छ ।'

सारा आफ्नो पढाइ सकेर फिल्मतिर होमिएकी हुन् । 

हाल सारा इमतियाज अलीको निर्देशनमा बनिरहेको फिल्म 'लव आज कल २'को शूटिङमा व्यस्त छिन् । 

असार ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस