अमेरिकन टीभी शोमा देखिँदै श्रुति हासन

असार ८, २०७६

एजेन्सी- दक्षिण भारतीय अभिनेत्री श्रुति हासन चाँडै नै अमेरिकन शोमा किलरको भूमिकामा देखिने भएकी छन् । श्रुति पहिलो दक्षिण भारतीय अभिनेत्री हुन् जसले अमेरिकन टीभी शोमा काम गर्ने मौका पाउँदैछिन् । 

दक्षिण भारतीय फिल्मबाट बलिउडमा जमेकी श्रुति अब हलिउडमा पाइला चाल्दैछिन् । एक मनोरञ्ज पोर्टलसँग कुराकानी गर्दै उनले टीभी शो को शूटिङ विदेश र भारतका केही स्थानमा हुने बताइन् । 


ADVERTISEMENT

अमेरिकन शो 'ट्रेडस्टोन'मा श्रुतिले नयाँ दिल्लीको एक होटलमा काम गर्ने वेट्रेस नीरा पटेलको भूमिका निभाउनेछिन्, उनी वास्तविक रूपमा एक किलर हुन्छिन् तर आफ्नो पहिचान लुकाउन वेट्रेसको काम गरेकी हुन्छिन् । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#treadstone

A post shared by @shrutzhaasan on

शोको शूटिङ चाँडै नै शुरू हुनेछ । यसमा कलाकार मिशेल फोर्ब्स, पेट्रिक फ्यूजिट, माइकल गेस्टन र टेस हब्रिच हुनेछन् । 

असार ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार