अर्जेन्टिनाले कतारलाई २–० ले हरायो, पहिलोपटक म्यानेजरलाई देखाइयो पहेंलो कार्ड

असार ९, २०७६

काठमाडौं – कोपा अमेरिका फूटबल टूर्नामेन्टमा अर्जेन्टिनाले कतारलाई २–० ले हराएको छ । यस प्रतियोगितामा अर्जेन्टिनाको यो पहिलो जीत हो ।

जीतसँगै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपाली समयअनुसार सोमवार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीलाई खेलमा बढी दखल दिएको आरोपमा रेफ्रीले पहेंलो कार्ड देखाए । कोपा


ADVERTISEMENT

अमेरिकाको इतिहासमा पहिलोपटक प्रशिक्षकले पहेंलो कार्ड पाएका हुन् । 

अर्जेन्टिनाका लागि खेल शुरू भएको चार मिनेटभित्र लाउटारो मार्टिनेजले पहिलो गोल गरे । दोस्रो हाफको ८२औं मिनेटमा अर्जिओ अग्वेरोले गोल गरेर अर्जेन्टिनालाई निर्णायक अग्रता दिलाए । 

प्रतियोगितामा लियोनेल मेस्सीले डिफेन्सिभ खेल खेले । उनले विपक्षी टीमको बक्समा एकपटक पनि बल छुन पाएनन् । 

यस जीतका साथ अर्जेन्टिनाले कोपा अमेरिकाबाट ग्रूप स्टेजमै नबाहिरिने रेकर्ड तोडिन दिएन । 

अब क्वार्टरफाइनलमा उसको प्रतिस्पर्धा भेनेजुएलासँग हुनेछ । 

अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पुग्नका लागि कोलम्बियाको म्याचमा पनि नजर राख्नुपर्ने थियो । कोलम्बियाले पराग्वेलाई १–० ले हरायो । पराग्वेले त्यो म्याच जितेको भए अर्जेन्टिनामाथि अग्रता पाउँथ्यो । कोलम्बियाको जीतले अर्जेन्टिनालाई क्वार्टरफाइनल पुर्‍यायो ।

एजेन्सी
 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार