मनसुनका कारण प्रधानमन्त्री कप क्रिकेट प्रभावित

फाइल फोटो
असार ९, २०७६

कञ्चनपुर- सोमवारदेखि शुरू भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ ।
    
आइतवार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल हुन नसकेपछि अङ्क बाँड्दा गण्डकी प्रदेश बाहिरिएको आयोजक महाकाली स्पोर्ट सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।      

मनसुन अझै जारी रहेकाले आज बिहान हुने भनिएको प्रदेश नं १ र ३ बीचको खेल पनि हुन नसकेको अध्यक्ष भट्टको भनाइ छ । 'वर्षा रोकिएन भने खेल हुँदैन,' अध्यक्ष भट्टले भने, 'तर वर्षा रोकिने सम्भावना देखिँदैन ।'
    
राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा ६ दिनदेखि शुरू भएको प्रतियोगितामा सात वटा प्रदेश र एपीएफ क्लब गरी आठ टीम सहभागी छन् । प्रतियोगितामा उपाधि विजेता टीमले चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने दोस्रोले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।


ADVERTISEMENT

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस