×

NMB BANK
NIC ASIA

विद्युत् चोरी गर्ने २ सय ३४ जना कारबाही

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा – नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय टाँडीले चालू आर्थिक वर्षको एक वर्षमा अवैध रूपमा विद्युत् चोरी एवं चुहावट गर्ने २३४ व्यक्तिलाई कारबाही गरी रु २८ लाख ८९ हजार ८६३ जरिवाना गरेको छ ।

कारबाहीमा परेका व्यक्तिले एक लाख ५१ हजार ५८७ युनिट विद्युत् चुहावटसमेत गरेको थियो । कार्यालयले बन्द भएको, बिग्रेको र मिटरमा कैफियत देखिएका ७८८ ग्राहकको विद्युत् मिटर परिवर्तन गरी त्यस अवस्थामा बक्यौता रहेको रु २० लाख ३६ हजार राजश्वसमेत सङ्कलन गरेको कार्यालय प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए ।

Muktinath Bank

कार्यालयका अनुसार लामो समयदेखि बक्यौता रहेका ६०५ ग्राहकको लाइन कट्टा गरी रु एक करोड ६६ लाख ३२ हजार ७०० राजश्व सङ्कलन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, कालोसूचीमा परेका १३ ग्राहकबाट रु छ लाख ३१ हजार राजश्वसमेत सङ्कलन भएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार कारबाहीमा परेका ५१५ ग्राहकले बक्यौता तिर्दा रु दुई करोड चार लाख ८८ हजारसमेत राजश्व सङ्कलन भएको छ ।


Advertisment
Nabil box
Kumari

सो वितरण केन्द्रअन्तर्गत ५६ हजार ९५७ विद्युत् मिटर जडान गर्ने ग्राहक रहेको सो कार्यालयले मासिक रु छ करोड विद्युत् शुल्कबापत राजश्व सङ्कलन गर्ने गरेको छ ।

Vianet communication
Laxmi Bank

अवैध रूपमा विद्युत् चोरी तथा हुकिङ हुन नदिनेतर्फ सो कार्यालयले अनुगमन तीब्र पारेको प्रमुख श्रीवास्तवको भनाइ छ ।

कानूनी रुपमा विद्युत् चोरीको कार्य बन्द गरी त्यहाँका आम नागरिक विद्युत् मिटर जडान गर्दै आएका छन् । आर्थिक वर्ष २०७५/७६ मा चार हजार ५०० घर परिवारले विद्युत् मिटर जडान गरेको बताइएको छ ।

यसैबीच सो केन्द्रले आर्थिक रुपमा गरिब, विपन्न तथा सुकुम्वासीतर्फका १७२ जनालाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत सो विद्युत् मिटर निःशुल्क वितरण गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x