×

NMB BANK
NIC ASIA

राज्यपक्षको मानव अधिकार उल्लंघनबाट ६ महिनामा ६१ पीडित

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की – जिल्लामा राज्यपक्षबाट ६ महिनाको अवधिमा ६१ पीडित भएको सोमवार पोखरामा सार्वजनिक गरिएको एक तथ्यांकमा उल्लेख छ ।

Muktinath Bank

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्वसमीक्षामा सन् २०१९ जनवरीदेखि जुनसम्ममा उक्त संख्या पीडित भएको सार्वजनिक गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्सेकको अभिलेखअनुसार कास्कीमा ६ महिनाको अवधिमा विभिन्न समयमा गरी २४ विप्लव समूहका कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले कार्यक्रममा मानवअधिकारको अवस्था बुझ्न इन्सेकको मानवअधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेजको रूपमा रहेको चर्चा गरे ।


Advertisment
Nabil box
Kumari

कास्की जिल्लाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको तथ्यांक राख्न इन्सेकसँग आग्रह गर्दै उनले वैदेशिक रोजगारी जाने र तिनको अवस्थाबारे तथ्यांक पनि अब इन्सेकले राख्नुपर्ने विचार व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले बनेका कानूनको कार्यन्वयन हुन नसक्दा मानवअधिकारको अवस्था अझ जटिल बन्दै गएको बताए । जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमले मूल्यवृद्धिका कारण कैदीबन्दीलाई राज्यले प्रदान गर्दै आइरहेको सुविधा अपुग हुँदै गएको जानकारी दिए ।

जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मुक्तिनाथ सापकोटाले घटनालाई प्रहरीले ग्रहण गरिसकेपछि कसरी प्रक्रियामा अगाडि बढाइएको छ त्यसबारे पनि मानवअधिकारकर्मीको चासो रहनुपर्ने धारणा राखे । गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष बीना सिलवालले मानवअधिकारको व्यावहारिक पक्षका बारेमा खोजी गर्न सुझाव दिए ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले स्थानीय निकाय र सरकारका काममा जनताको निगरानी आवश्यक रहेको उल्लेख गर्दै वर्ष पुस्तकमा ज्येष्ठ नागरिकका बारेमा तथ्यांक संकलन गरिनुपर्ने धारणा राखे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको सात महासन्धिमा आधारित रहेर घटना संकलन गर्दै आइरहेको जानकारी दिँदै राज्य मानवअधिकारको विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत विष्णुमाया पौडेलले तथ्यांकमा धेरै घटना महानगर क्षेत्रभित्रै घटेको देखिएकाले आगामी दिनमा घटना न्यूनीकरणका लागि आवश्यक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x