×

NMB BANK
NIC ASIA

सेनाको संख्या कटौतीको प्रस्ताव, रक्षा मन्त्रीले दिए यस्तो स्पष्टीकरण

असार १०, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं–सशस्त्र द्वन्द्वको समयमा बढाइएको नेपाली सेनाको संख्या घटाउने कुरामा गम्भीर विश्लेषण गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । 

Muktinath Bank

विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको मंगलवार जवाफ दिने क्रममा मन्त्री पोखरेलले कुशल र दक्ष सैनिक तयार गर्ने कुरा छोटो समयमा हुन नसक्ने कुरालाई समेत दृष्टिगत गर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विगतको सशस्त्र द्वन्द्वको समाप्त भएको १३ वर्ष व्यतित भइसकेको सन्दर्भमा तत्कालीन परिस्थितिमा बढाइएको सेनाको संख्या अहिले घटाउन आवश्यक छ कि भन्ने प्रश्न माननीयहरूले उठाउनुभएको छ,’ मन्त्री पोखरेलले जवाफमा भने, ‘मुलुकको बढ्दो सुरक्षा चुनौती, अपराधका घटनामा आएका विविधता, प्राकृतिक तथा मानवीय दुर्घटनामा भइरहेको दिनानुदिन वृद्धि र कतिपय ठूला र रणनीतिक महत्त्वका पूर्वाधारमा समेत सेनालाई संलग्न गराउनु पर्ने आवश्यकता छ । कुशल र दक्ष सैनिक तयार छोटो समयमा हुन नसक्ने कुरालाई समेत दृष्टिगत गरी सेनाको संख्यालाई गम्भीर विश्लेषण गरेर मात्र निष्कर्षमा पुग्नु उचित हुने कुरा जानकारी गराउन चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

मन्त्री पोखरेलले सेनालाई प्रभावकारी बनाउँदै संरचनामा समयानुकुल सुधार गर्न सकिने बताए । ‘भविष्यमा प्रविधिको विकाससँगै सेनाको संरचनामा समयानुकुल परिवर्तन गर्न सरकार सकारात्मक छ भन्ने कुरा जानकारी गराउन चाहन्छु,’ मन्त्री पोखरेलले भने । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x