राप्ती ब्यूरो सदस्यसहित विप्लव समूहका ७ कार्यकर्ता पक्राउ

फाइल फोटो
असार १०, २०७६

काठमाडौं– बन्द गराउँदै हिँडेका विप्लव समूहका ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मंगलवार बिहान विप्लवको पर्चा पम्प्लेट लिएर हिँडेको बा २ ज नम्बरको ट्याक्सीका चालक ३७ वर्षका भागीराज राई, कास्कीमा विवश भनिने विनोद सोनाम, पश्चिम रुकुममा राप्ती ब्यूरो सदस्य ४१ वर्षका गम्भीर सोपाली, जिल्ला उपाध्यक्ष २२ वर्षका विवेक विक, २६ वर्षका छविलाल घर्ती मगर र ३१ वर्षका दीर्घराज मगरातलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।


ADVERTISEMENT

यस्तै मकवानपुरमा पनि १ जना पक्राउ परेका छन् ।

देशभरमा २० ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

९ ठाउँमा होक्स (विभिन्न कपडाहरू राखेर तर्साउन प्रयोग गरिएका झोला), ३ ठाउँमा ग्यास सिलिण्डर, २ ठाउँमा सकेट बम, ४ ठाउँमा प्रेसर कुकर र अर्घाखाँचीमा सुतली बम फेला पारेको प्रवक्ता डीआईजी पोखरेलले बताए ।
‘नेपालको पश्चिममा अलि प्रभाव परे पनि अन्य ठाउँमा भने बन्दको प्रभाव परेको देखिँदैन,’ पोखरेले भने ।

असार १०, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस