बलात्कारको आरोपमा १ जना पक्राउ

असार १०, २०७६

लहान – सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

जंगलमा घाँस काट्न गएको बेला सोमवार बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ । महरासहित ४–५ जनाको समूहले सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् ।

पक्राउ परेका महरामाथि जबरजस्तीकरणी ऐनअन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहरा बताए ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार