मौसम परिवर्तनसँगै बिरामीको संख्या बढ्यो

असार १०, २०७६

बैतडी – गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ ।

जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १ सयसम्म बिरामी आउने गरेका छन् ।


ADVERTISEMENT

अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिए । गर्मीयाम शुरू भएसँगै बिरामीको चाप बढेको उनको भनाइ थियो । 

बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको संख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा संक्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताए ।

उनले धेरैजसो संक्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उनले जोड दिए ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस