×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक २०७६’ बहुमतले पारित भएको छ । 

Muktinath Bank

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले ‘विनियोजन विधेयक २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री खतिवडाले ‘आर्थिक विधेयक २०७६ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक २०७६ माथि विचार गरियोस्’ र ऋण तथा जमानत (तेइसौं) संशोधन) विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्तुत गरेको बेग्लाबेग्लै प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ ।


Advertisment
Nabil box
Kumari

बैठकमा ती विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सेवामा कर लाग्छ तर कुन सेवामा कसरी लगाउने भन्ने र करको दरबारेमा भने छलफल गर्न सकिने बताए ।

Vianet communication
Laxmi Bank

‘पूर्वाधार निर्माण र पूँजीगत खर्चका लागि ऋण लिने भनिएको हो, आन्तरिक ऋण स्वीकार्य सीमाभित्रै छ,’ उनले भने । बैठकमा सांसदले सरकारले करको दायरा बढाउनाको साटो जनतालाई दुःख दिने नियतले करको दर किन बढाएको भनी प्रश्न गरेका थिए ।

यसअघि दुर्गा पौडेल, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, रंगमती शाही, मीनेन्द्रप्रसाद रिजाल, राजेन्द्रकुमार केसी, मीनबहादुर विश्वकर्मा, उमा रेग्मी, सुजाता परियार, सत्यनारायण शर्मा खनाल, गगनकुमार थापा, लक्ष्मी परियार, बहादुरसिंह लामा तामाङ, दिलेन्द्रप्रसाद बडू, नारायण खड्का, डिला संग्रौला, सञ्जयकुमार गौतम, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्रराज कँडेल, विजयकुमार गच्छदार र पार्वता डिसी चौधरीले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धमा राखेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक असार १३ गते अपराह्न ४ बजे बस्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x