झण्डै ४२ लाख नगद र २ किलो चाँदीसहित ८ जना हुण्डी कारोबारी पक्राउ

असार १०, २०७६

पर्सा – हुण्डी कारोवारमा संलग्न ८ जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माइस्थानबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 


ADVERTISEMENT

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका–७ बस्ने ३३ वर्षीय विनोद सुनार, पर्सा छिप्पहरमाई नगरपालिका– २ बस्ने ३५ वर्षका राजकपुर साह, पर्सा वीरगञ्ज महानगरपालिका– १० बस्ने २६ वर्षका चन्दनकुमार सर्राफ, पर्सा वीरगञ्ज महानगरपालिका– ६ बस्ने ३७ वर्षका राकेशकुमार सिंह, पर्सा विन्दवासिनी गाउँपालिका– २ बस्ने २४ वर्षीय सुजितकुमार साह, बारा परवानीपुर गाउँपालिका– १ बुनियाद बस्ने २९ वर्षीय घनश्याम सर्राफ, भारत बिहार मोतिहारी पूर्वी चम्पारण बस्ने ३६ वर्षका सुनिल कुमारप्रसाद र भारत बिहार मोतिहारी नैनपुर बस्ने ३५ वर्षीय गुलाब साह रहेको प्रहरीले जनाएको छ । 

केपी स्वर्णकला केन्द्र सुनचाँदी पसलमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस