कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
धनगढी – मंगलबार दिनभर सुदूरपश्चिमका जिल्लाहरू अशान्त रहे ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बिहान पौने ५ बजे कैलालीको गौरीगंगा नगरपालिका भवनमा बम विस्फोट भयो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश धामीका अनुसार बम विष्फोटबाट भवनको झ्यालको शिशा चर्केको छ, तर ठूलो क्षति हुनबाट भने जोगियो ।
सरकारद्वारा प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको बन्दको क्रममा नगरपालिकाको भवनमा बम विस्फोट गराइएको प्रहरीको अनुमान छ ।
सुदूरपश्चिम प्रदेशबाट सञ्चालित छोटो तथा लामो दूरीका यातायात सेवा, कलकरखाना, शैक्षिक संघ-संस्था बिहानैदेखि ठप्प रहे ।
उता, नगरसभामा बोल्न नदिएको झोकमा मन्त्रीले बोल्ने क्रममा जेनेरेटर बन्द गराइएको घटना आयो ।
शुभकामना मन्तव्य राख्न नदिएको भन्दै कैलालीको गोदावरी नगरपालिकाको नगर सभामा अवरोध सिर्जना गरिएको थियो ।
अत्तरिया उद्योग वाणिज्य संघका तर्फबाट सभामा शुभकामना मन्तव्य राख्न नदिएको भन्दै व्यापारीहरूले जनेरेटर बन्द गर्दै अवरोध सिर्जना गरेको जनाइएको छ । तर अवरोधका बीच सभा सुचारू गरिएको थियो ।
त्यस्तै, कञ्चनपुर जिल्लामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस कार्यकर्ता र नेकपा कार्यकर्ताबीच दोहोरो झडप भएको हो ।
प्रहरी उपरीक्षक आचार्यका अनुसार मन्त्री मगर बेलौरी र पुनर्वासको नगरसभा उद्घाटनका लागि जाने क्रममा कञ्चनपुरको डोकेबजारमा झडप भएको थियो ।
झडपमा परी तरुण दलका नेता राम खड्का, नेपाली कांग्रेस कार्यकर्ता विक्रम चन्द घाइते भएका छन् । तर आक्रमण गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको प्रहरीले जनायो ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...