×

NMB BANK
NIC ASIA

उदाहरणीय सहकारी

बैंकभन्दा कम छैनन् सहकारी, देशभर फैलिँदै एटीएम र मोबाइल बैंकिङ

असार १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित हुँदै आएका सहकारी बैंकले प्रदान गर्दै आएको एटीएम सेवा पनि दिन थालेका छन् ।

Muktinath Bank

वित्तीयसँगै प्रविधिको विकासमा फड्को मारिरहेका सहकारीले पनि एटीएम सेवाको नयाँ अभ्यास शुरू गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ नम्बर प्रदेशको राजधानी रूपन्देहीको तिलोत्तमास्थित सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राही/बचतकर्ताको सुविधा दिन भन्दै एटीएम सेवा शुरू गरेको छ ।


Advertisment
Nabil box
Kumari

४ नम्बर प्रदेशको पूर्व नवलपरासीको गैडाकोटस्थित विकु सहकारी र पोखराको रोयल सहकारीले पनि एटीएम सेवा सञ्चालन गरेका छन् । रुपन्देहीका अन्य २ सहकारी पनि एटीएम सेवा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छन् ।

Vianet communication
Laxmi Bank

एटीएम सेवा सञ्चालनमा ल्याएसँगै सहकारीले आफ्नो सेवामा फड्को मार्न थालेका देखिन्छ । सामूहिक विकास सहकारी ५ नम्बर प्रदेशकै पहिलो एटीएम सञ्चालन गर्ने सहकारीमा पर्छ ।

सामूहिक विकास सहकारीका प्रमुख व्यवस्थापक ईश्वरी मरासिनीले सहकारीका सदस्यलाई आर्थिक भुक्तानी सहज गराउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याइएको बताए । ‘केही महिना अगाडिदेखि हामीले एटीएम सेवा शुरू गरेका हौं,’ मरासिनीले लोकान्तरसँग भने, ‘हाम्रो सहकारीमा मासिक बचत मात्र होइन । बैंकमा जस्तै पैसा जम्मा गर्न पनि सकिन्छ । निकाल्न पनि सकिन्छ ।’

एटीएमबाट १ पटकमा १६ हजार रुपैयाँ र दिनमा ५० हजार रूपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था गरिएको व्यवस्थापक मरासिनीले बताए । सहकारीमा ७ हजार ६० जना सदस्य छन् । सहकारीको कूल पूँजी २ अर्ब ७ करोड, बचत १ अर्ब ५६ करोड र १ अर्ब ७२ करोड रूपैयाँ ऋण लगानी छ । एटीएमसँगै खानेपानी, बिजुली, हवाइजहाज टिकट पनि सहकारीबाट तिर्न र लिन सकिन्छ ।

कारोबारका हिसाबले सामूहिक सहकारी ५ नम्बर प्रदेशकै ठूलो भएपनि सदस्य संख्यामा जनउत्थान बचत तथा ऋण सहकारी ठूलो छ । जसमा १५ हजार ७ सय सदस्य आबद्ध छन् । जनउत्थान सहकारीका व्यवस्थापक रणबहादुर थापाले आफूहरू पनि छिट्टै एटीएम सेवा सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘तयारीमा छौं । अलि भरपर्दो र व्यवस्थित बनाउन खोल्दा ढिलाइ भएको छ । बनाएपछि जोखिम नहोस् भन्ने हाम्रो मुख्य ध्यान छ,’ उनले भने ।

रुपन्देहीको देवदहस्थित कोलीय देवदह सहकारी पनि एटीएम सञ्चालनमा तयारीमा छ । सहकारीका पूर्व अध्यक्ष भीम गुरूङले त्यसको तयारीमा जुटेको जानकारी दिए । 

सहकारी विभागका अनुसार मुलुकभर ३४ हजार ५ सय १२ सहकारी संस्था छन् । ती सहकारीमा करीब ७५ अर्बको शेयर पूँजी छ । रुपन्देहीमा ७ सय ६० भन्दा बढी सहकारी क्रियाशील छन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का केन्द्रीय सदस्य कृष्ण नेपालले भने, ‘सहकारीले प्रविधिलाई आत्मसाथ गर्नुपर्छ । परिवर्तित अवस्थालाई पछ्याउनुपर्छ ।’ उनले सहकारीहरू पनि बैंकहरू जस्तै ‘मर्ज’ गरेर सेवासुविधा थप गर्दै जानुपर्ने आवश्यक रहेको बताए । रूपन्देहीमा सहकारी मर्जको अभ्यास पनि शुरू गरिएको छ । 

पूर्वी नवलपरासीको गैडाकोटस्थित विकु बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई छिटोछरितो सेवा दिनका लागि विभिन्न ठाउँमा ११ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । योसँगै सहकारी मोबाइल बैंकिङ, एटीएम सेवा पनि दिएको छ । सहकारीको कूल पूँजी ४ अर्ब रूपैयाँभन्दा बढी पुगेको सहकारीका अध्यक्ष केशव सापकोटाले जानकारी दिए ।

‘हाम्रो सहकारीले एटीएम सेवा नेपालमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हो,’ अध्यक्ष सापकोटाले लोकान्तरसँग भने, ‘आधुनिक तथा थप प्रविधिमैत्री बनाउने उद्देश्यले एटीएम सेवा सञ्चालनमा ल्याइएको हो । प्रविधिबाट गरिएका कारोबार पारदर्शी, सहज र छिट्टोछरितो पनि हुन्छन् ।’

सहकारी संस्था प्रविधिमैत्री भएका छन् । बिकू सहकारीको एटीएमबाट एसटीसी नेसनल नेटवर्कमा आवद्ध मुलुकभरका र भारत, भुटानका बैंकबाट पनि रकम निकाल्न सकिने बताइएको छ ।  बिकुमा बैंकले प्रयोग गरेको नविनतम् प्रविधिलाई प्रयोग गरेर भिसा कार्डबाट पैसा निकाल्न सकिने व्यवस्था मिलाएको सहकारीका कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले बताए ।

खातापातामार्फत कारोबार गर्ने सहकारी बैंकहरूकै सिस्टमलाई पछ्याउँदै प्रविधिमैत्री बन्न थालेका छन् । २०४८ सालमा २६ जना सदस्यले १३ रुपैयाँको पूँजीबाट शुरू गरेको बिकु सहकारीमा हाल ४ अर्बको पूँजी रहेको छ भने ५५ हजार शेयर सदस्य रहेका छन् । ४ पटकसम्म एक्सेस ब्रान्ड प्राप्त गर्न सहकारी सफल भएको छ । 

पोखराको रोयल सहकारीले पनि केही समय अगाडिदेखि एटीएम सेवा शुरू गरेको छ । गण्डकी प्रदेशको उत्कृष्ट सहकारीमा पर्न सफल पोखरा रोयलले १ अर्ब ९५ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । ४ हजार ५ सय ५४ जना शेयर सदस्य रहेको सहकारीको शेयर रकम १७ करोड ४२ लाख रुपैयाँ छ । ३४ जनालाई रोजगारी दिन सफल सहकारीका २ वटा सेवा केन्द्र छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x