×

NMB BANK
NIC ASIA

संसदीय समितिको निर्देशन– निजगढमा धावनमार्ग र पूर्वाधार निर्माण क्षेत्रमा मात्र रूख काट्नू

असार १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने क्षेत्रमा मात्र रुख कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

एयरपोर्ट सिटी निर्माणका लागि समेत भनेर बाराको निजगढ क्षेत्रमा लाखौं रुख काटिने चर्चा चलिरहेका बेला समितिले धावन मार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने स्थानमा मात्र रुख कटान गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'डिटेल डिजाइन अनुसार विमानस्थल धावन मार्ग र आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुखहरू मात्र कटान गर्ने अनुमति प्रदान गर्न वन मन्त्रालयलाई निर्देशन दिने,' समितिको शुक्रवार बसेको बैठकको निर्णयमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

समितिले विमानस्थल कुन मोडलमा निर्माण गर्ने भन्ने निर्णय यथाशीघ्र गर्न सरकारलाई निर्देशन दिने निर्णय समेत भएको समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

समितिले टांगिया बस्ती स्थानान्तरणको काम तत्काल शुरू गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्मा समेत सहभागी थिए ।

समितिले यसअघि बाराको निजगढ नै पुरेर विमानस्थल निर्माण हुने भनिएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

यसका अलावा अन्य विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरूको सन्दर्भमा समेत समितिले निरन्तर छलफल र निर्देशन दिने काम गर्दै आइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x