×

NMB BANK
NIC ASIA

काठमाडौं – जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रमका प्रणेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका जबजपक्षीय नेता उपस्थित देखिएनन् । 

Muktinath Bank

कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेपाली कांग्रेसबाट कृष्ण सिटौला र सूर्य चिह्न लिएर चुनाव जितेका हृदयेश त्रिपाठी उपस्थित थिए भने मदन भण्डारी फाउन्डेसनका तर्फबाट भण्डारी पुत्री उषाकिरण भण्डारी र सांसद अमृता थापा मात्र मञ्चमा देखिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाभित्र पार्टीको कार्यनीति के हुने भन्ने विषयमा पछिल्लो समयमा तीव्र विवाद देखिएको छ । गत वर्ष ३ जेठमै पार्टी एकताको समयमा तयार पारिएको राजनीतिक प्रतिवेदन सोही विवादका कारण प्रकाशन हुन सकेको छैन भने रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल लगायत पार्टीका केही नेताले राजनीतिक प्रतिवेदनमा जबजलाई घुसाउन प्रयासरत देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

पार्टी एकताका लागि गरिएको सहमतिमा ‘जनताको जनवाद’लाई एकीकृत पार्टीको कार्यक्रम मान्ने कुरा उल्लेख गरिएको भएपनि पछिल्लो समयमा पूर्व एमाले पक्षका केही नेताले जबजलाई पार्टीको कार्यक्रम बनाउनुपर्ने भन्दै लबिङ गरेका हुन् ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनमा जबज उल्लेख गर्न दबाब दिने गरेको आरोप पूर्व माओवादी पक्षीय नेताले लगाउने गरेका छन् । महाधिवेशनमा खुला छलफलमा लैजाने सहमतिसहित स्थगन गरिएको कार्यक्रम जबजलाई राजनीतिक प्रतिवेदनमा घुसाउन खोजेको भन्दै पूर्व माओवादी पक्षका नेता सशंकित देखिएका छन् ।

‘पार्टी एकताका बेलामा भएको सहमति विपरीत राजनीतिक प्रतिवेदनमा जबजलाई उल्लेख गर्नुपर्ने मान्यता पार्टीका केही शीर्ष कमरेडहरूले राख्नुभएको छ,’ पूर्व माओवादी पक्षीय एक नेताले भने, ‘यो पार्टी एकताको स्पिरिट अनुसार छैन । पार्टी जनताको जनवादभन्दा पनि अझै अघि जानुपर्ने बेलामा पुरानो कार्यक्रमलाई नै निरन्तरता दिनुपर्ने बहस सही होइन ।’

पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम लगायत केही नेता भने जबजको बहसलाई ब्यूँताएर थप विवाद सिर्जना गर्न नहुने पक्षमा देखिएका छन् । केही समयअघि खनालले जबजलाई मुल्तबीमा राखिएको अभिव्यक्ति दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x