धर्मबाट भट्किएको भन्दै जायरा वसीमले अभिनय छोड्ने घोषणा गरिन्

असार १५, २०७६

काठमाडौं – दंगल र सिक्रेट सुपरस्टारजस्ता प्रशंसित फिल्ममा अभिनय गरेकी जायरा वसीमले अभिनय छोड्ने घोषणा गरेकी छन् । 

सोनाली बोसको फिल्म द स्काई इन पिंकमा देखिन लागेकी वसीमले सामाजिक सञ्जालमा एक पोस्ट गरेर अभिनय छोड्ने जानकारी दिएकी हुन् । 


ADVERTISEMENT

जायराले बलिउडमा पाँच वर्ष पूरा गरेको र पाँच वर्षअघिको निर्णयले जिन्दगी परिवर्तन गरिदिएको बताइन् । आफूले प्रसिद्धि र मानिसहरूको प्रेम पाएको उनको भनाइ छ । तर आफूलाई यो सब कुरा कहिले पनि नचाहिएको उनको भनाइ छ । उनले लेखिन्, ‘म यहाँ फिट भइरहेकी छु तर म यहाँकी हैन । यसले मलाई धर्मबाट टाढा लगिरहेको छ ।’

उनले सामाजिक सञ्जालमा ६ पाने चिट्ठी लेखेकी छन् । त्यसमा उनले कुरानको चर्चा पनि गरेकी छन् । अभिनयले आफूलाई अल्लाहबाट टाढा लगेको उनले बताइन् । वसीमले कसैको दबाबमा यो पोस्ट गरेको भनी उनका प्रशंसकहरूबीच चर्चा छ । 

द स्काई इज पिंकको शूटिङ सकिसकेको छ । फिल्ममा वसीमबाहेक प्रियंका चोपडा र फरहान अख्तर पनि देखिनेछन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Zaira Wasim (@zairawasim_) on

एजेन्सी 

असार १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस