कृतिले सकिन् 'पानीपत'को शूटिङ

असार १५, २०७६

एजेन्सी- बलिउड अभिनेत्री कृति सेननले आगामी फिल्म ‘पानीपत’को शूटिङ सकेकी छन् । 

आशुतोष गोवारिकर निर्देशित 'पानीपत' युद्धमा आधारित छ । यसमा अर्जुन कपूर र संजय दत्तको मुख्य भूमिका रहेको छ । 


ADVERTISEMENT

फिल्मको अन्तिम शेड्यूल सकिनेबित्तिकै कृतिले इंस्टाग्रामको माध्यमबाट ‘पानीपत’का कलाकार र क्रूका सदस्यलाई धन्यवाद भनिन् । 

अर्जुनसँग आफ्नो तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, 'मनोरञ्जक सह-कलाकार बनेकोमा धन्यवाद, अर्जुन ।'

अभिनेत्रीले गोवारिकरको पनि प्रशंसा गरिन् । उनले भनिन्, 'मलाई मौका दिएकोमा धन्यवाद ।'

फिल्म डिसेम्बर ६ मा रिलिज हुनेछ । 

असार १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस