सिटी एक्सप्रेसको साझेदारी हिम इलेक्ट्रोनिक्ससँग

असार १७, २०७६

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले आफ्नो ग्राहकलाई विदेशमै बसेर नेपालमा टीभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसङ्ग उत्पादनहरूको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिसँग साझेदारी गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 


ADVERTISEMENT

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टीभी खरीद गर्न सक्नेछन् साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरका काउन्टरबाट पनि यस सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ । यो योजना असार १६, २०७६ बाट लागू भएको हो । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टहरूबाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

असार १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार