सांग्रिला डेभलपमेन्ट बैंकको शाखा हुम्लाको सिमकोटमा

असार १८, २०७६

हुम्ला- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर १६ गते हुम्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो शाखा विस्तार गरी कारोबार शुरू गरेको छ ।

यससँगै सांग्रिलाको कुल शाखा संख्या ८६ पुगेको छ । बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् । 


ADVERTISEMENT

शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाबाट संयुक्त रूपमा गरियो । उक्त कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतलगायत वडाध्यक्षहरू, कार्यकारी प्रमुख एवं हुम्ला जिल्ला न्यायाधीश केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना लगायत विभिन्न सरकारी निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो ।

 कार्यक्रममा सांग्रिला  विकास बैंकका अध्यक्षअच्यूत प्रसाद प्रसाईले बैंकले यस जिल्लामा यसअघि समेत कर्जा लगानी गरिसकेको र यस जिल्लामा संकलन भएको सम्पूर्ण निक्षेप यही क्षेत्रमा लगानी गरीने व्यहोरा जानकारी गराउँदै बचत गर्ने बानी बसाल्नु आवश्यकता रहेका कारण बैंकले घरदैंलो एवं नेपाल सरकारको खौलौं खाता अभियानलाई यस जिल्लामा पनि जारी राख्ने जानकारी गराए । 

असार १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस