तेह्र हजार मेट्रिकटन कम उत्पादन भयो गहुँ

असार १९, २०७६

वीरगञ्ज –किसान उखुँखेतीतर्फ आकर्षित भएका र विगतकोभन्दा बढी जमीनमा उखुखेती गरिएकाले यस वर्ष पर्सा जिल्लामा १३ हजार मेट्रिकटन कम गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 
आर्थिक वर्ष २०७४/०७५ मा ३१ हजार हेक्टर जमीनमा गहुँखेती गरी ८० हजार ६०० मेट्रिकटन उत्पादन गरिएकामा आव २०७५/०७६ मा २६ हजार हेक्टर जमीनमा गहुँखेती गरी ६७ हजार ६०० मेट्रिकटन उत्पादन भएको थियो । 
 
यस वर्ष जिल्लाका किसानले उखुखेतीलाई प्राथमिकतामा राखेकाले उत्पादनमा कमी आएको उक्त कार्यालयले जनाएको हो । 


ADVERTISEMENT

असार १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस