कात्तिक २०, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
छुट्टी हुँदा रमाइलोका लागि अनि अफिसियल ट्रिपका बेलामा हामी होटेल रिजर्भेसन गराउँछौं । राम्रो होटेलमा बस्दा एक रातको तीन चार हजार रुपैयाँ त कम्तीमा परिहाल्छ । अनि पैसा तिरेपछि सबै कुरा टिपटप होस् भन्ने सबैको चाहना हुन्छ ।
कोठा सफा हुन्, होटेलका स्टाफ विनम्र हुन्, होटेलमा सबैखाले सुविधा हुन् भन्ने तपाईंको चाहना हुन्छ नै । तर वास्तवमा यही हुन्छ त ? यहाँ हामी तपाईंलाई यस्ता कुरा बताउँछौं जुन होटेलका मान्छेले तपाईंबाट लुकाउन खोज्छन् ।
तपाईंको कोठा जति सफा देखिन्छ, त्यति हुँदैन । हेर्दा त सफा देखिन्छ तर बेड कभर प्रायः सफा हुँदैन । कोठामा राखिएको गिलास त पानीले यसो धोइएको मात्र हुन्छ अनि कतिचोटि त त्यसमा हानिकारक रसायन पनि हालेको हुन्छ ।
कोठामा भएको गिलासलाई पालिस लगाएर टल्काइएको हुन्छ । हेर्दा चमचम चम्किने त्यस्ता गिलासमा हानिकारक रसायन हुन सक्छ । कहिलेकाहीँ त होटेलका स्टाफलाई टिप दिनुभएन भने बाथरूमको पानीले धोइदिन्छन् ।
ठूला होटेलका कोठामा मिनीबार लगाइएका हुन्छन् । तिनमा पानी, बीयर, जुस तथा हार्ड ड्रिंक पनि राखिएका हुन्छन् । यस्ता सर्भस फ्री हुन्नन् । अनि मिनीबारमा राखिएको बोतलको सिल अवश्य चेक गर्नुहोला ।
हुन त दिनदिनै कोठा सफा गर्न कर्मचारी आउँछन् तर तपाईं सुतेको बेलामा कीराले टोकेमा के गर्नुहुन्छ ? होटेलको स्टाफले कोठामा कीरा मार्ने औषधी कहिले छर्केको थियो भन्ने बताउँदैन ।
केही मानिस होटेलमा गएर एकान्तवास गर्न सकियोस् भन्ने इच्छा राख्छन् । यस्तामध्ये केही व्यक्तिलाई प्राणघातक रोग लागेको हुन सक्छ । तिनीहरू होटेलमै मर्न सक्छन् । कसैले चाहिँ होटेलको कोठामै आत्महत्या गर्न सक्छन् । होटेलका मान्छेले यस्ता कुरा लुकाउँछन् । मान्छे मरेको कोठा नै तपाईंलाई दिन सक्छन् ।
होटेलमा अनेकौं दुर्घटना भइरहेका हुन्छन् । तरकारी काट्दै गर्दा कूकको औंलो काटिन सक्छ । भ–याङबाट झर्दा कुनै कर्मचारी लड्न सक्छ । लिफ्ट बनाउँदा रिपेयरम्यान मर्न सक्छ । यस्ता कुरा मिडियामा आउँदैनन् । के थाहा, तपाईं पनि दुर्घटनामा पर्न सक्नुहोला ।
होटेल सञ्चालकले आफ्ना कमजोरी जनतासमक्ष नपुगोस् भन्ने चाहन्छन् । त्यसैले उनीहरू प्रहरीसँग राम्रो सम्बन्ध बनाउँछन् । होटेलका नराम्रा कुरा बाहिर नआओस् भनेर घूस खाएका प्रहरीले आँखा चिम्लिदिन्छन् ।
होटेलमा सामान हरायो भने फिर्ता पाउन गाह्रै छ । होटेलको स्टाफले नै चप्काइदिन्छन् । नभएर अर्को गेस्टले नै राखिदिन्छ । कुनै सामान कोठामा छुट्यो भने तत्कालै होटेल व्यवस्थापकलाई खबर गरिहाल्नुस् ।
एजेन्सी
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...