पाकिस्तानलाई आज चमत्कार आवश्यक रहेको कप्तान सरफराजको भनाइ

असार २०, २०७६

काठमाडौं – पाकिस्तान क्रिकेट टीमका कप्तान सरफराज अहमदले विश्वकपको सेमीफाइनलमा पुग्नका लागि बंगलादेशविरुद्ध शुक्रवार हुने खेलमा चमत्कार आवश्यक रहेको बताएका छन् । 

बंगलादेशविरुद्ध पछिल्ला चार खेलमा हारको सामना गरेका अहमदले भने, ‘यहाँ हामी प्रत्येक खेल जित्नका लागि आएका हौं । अन्तिम खेल जितेर हामी विश्वकपको सुखद अन्त्य गर्न चाहन्छौं ।’


ADVERTISEMENT

‘सेमीफाइनलका लागि जे आवश्यक हुन्छ हामी त्यही गर्छौं तर हामी वास्तविकता निकट हुनुपर्छ । अल्लाहले चाहे भने चमत्कार हुन सक्छ,’ उनले भने ।

पाकिस्तानले ४०० रन बनाएर बंगलादेशलाई ८४ रनमा आउट गर्न सके मात्र सेमीफाइनल प्रवेश गर्न सक्छ । यस विश्वकपमा पाकिस्तानले बनाएको सर्वोच्च स्कोर ३४८ रन हो । उसले इंग्ल्यान्डविरुद्ध आठ विकेट गुमाएर यति रन बनाएको थियो ।

एजेन्सी
 

असार २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस