भुटानलाई पराजित गर्दै कमल थापा सेमी फाइनलमा

असार २०, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटानमा जारी भुटान-भारत मैत्री टेनिस प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् ।

४५ वर्षमाथिको एकल स्पर्धामा भुटानका लुडे जामत्सोलाई ६-२, ६-३ को सेटमा पराजित गर्दै थापा सेमी फाइनल प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

पूर्व गृहमन्त्री समेत रहेका राजनीतिका चर्चित खेलाडी थापा टेनिसका समेत भेट्रान हुन् ।

असार २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस