फिल्म छोडेर खेती गर्दै यी कलाकार

असार २१, २०७६

एजेन्सी- फिल्मी दुनियाँ छोडेर बिहारका अभिनेता क्रांति प्रकाश झा बलिउडका टीभी अभिनेता राजेश कुमारसँग मिलेर खेती गर्न थालेका छन् । अभिनयको क्षेत्रमा नाम चलेका य दुई कलाकारको यस कामलाई मानिसहरूले प्रशंसा गरेका छन् । 

बसाइँसराइलाई रोक्नका लागि आफूहरूले खेती गर्न थालेको उनीहरूको भनाइ छ । आफ्नो कामको अरूले पनि सिको गरुन् भन्ने आफूहरूले चाहेको उनीहरूले बताएका छन् ।


ADVERTISEMENT

अभिनयबाहेक खेती पनि महत्त्वपूर्ण हुने क्रान्ति बताउँछन् । 

क्रान्तिले छठी मैयामाथि बनाइएको भिडियोमार्फत निकै चर्चा कमाएका थिए । 

असार २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस