भारतद्वारा श्रीलंका पराजित, रोहित र राहुलको शतक

असार २२, २०७६

एजेन्सी- आईसीसी विश्वकपमा अन्तर्गत गएराति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा २६४ रन बनाएको थियो । 


ADVERTISEMENT

भारतले उक्त लक्ष्य ४३.३ ओभरमै भेट्टाउँदै जीत हासिल गर्‍यो । भारतका लागि रोहित शर्मा र केएल राहुलले १८९ रनको ओपनिङ साझेदारी गरे । साथै दुवैले शतक बनाए ।

त्यस्तै कप्तान विराट कोहलीले नटआउट ३४ रन बनाए । 

रोहित शर्माले यस विश्वकपमा पाँचौं शतक प्रहार गरे । विश्वकपको एउटै श्रृंखलामा पाँच वटा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि २०१५ मा कुमार संगाकाराले चार शतक प्रहार गरेका थिए । 

रोहित शर्माले कुमार संगाकाराको कीर्तिमान भंग गरेका हुन् । 

असार २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस