विश्वकपमा यति शानदार प्रदर्शन गरिएला जस्तो लागेको थिएन : कोहली

असार २२, २०७६

काठमाडौं – आईसीसी विश्वकपको लीगमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय टीमका कप्तान विराट कोहलीले सात जीत र एक हारको कल्पना नगरेको बताएका छन् । 

भारतले लीगमा इंग्ल्यान्डविरुद्ध मात्र हार्नुपरेको थियो भने सातवटा म्याच जित्यो । न्युजील्यान्डविरुद्धको खेल भने वर्षाले गर्दा हुन सकेन । 


ADVERTISEMENT

श्रीलंकालाई शनिवार सात विकेटले हराएपछि कोहलीले भने, ‘हामीहरू राम्रो क्रिकेट खेल्न चाहन्थ्यौं तर यति धेरै खेल जित्छौं जस्तो लागेको थिएन । देशका लागि एकजुट भएर खेल्नु सम्मानजनक कुरा हो । सेमीफाइनलका लागि सबै कुरा निश्चित भइसकेको छ । प्रत्येक दिन नयाँ हुन्छ र हामीले शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ ।’

सेमीफाइनलका भिड्ने टीमका विषयमा कोहलीले भने, ‘हाम्रा लागि विपक्षी टीम कुन पर्छ भन्ने कुरा महत्त्वपूर्ण छैन किनकि राम्रो नखेलेमा हामीलाई जसले पनि हराइदिन सक्छ । हामीले राम्रो खेल्यौं भने चाहिँ जोकोहीलाई हराइदिन्छौं ।’

एजेन्सी
 

असार २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस