आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरू, असार २५ सम्म आवेदन दिन सकिने

असार २२, २०७६

काठमाडौँ- साधारण शेयर बिक्री गर्नेक्रम बढिरहेका बेला आइतवारदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर बिक्री शुरू भएको छ । 

सो संस्थाको कूल चार लाख कित्ता साधारण शेयर बिक्री शुरू भएको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार कूल चार लाख कित्ता साधारण शेयरमध्ये पाँच हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । 


ADVERTISEMENT

उक्त संस्थाको शेयरमा आजदेखि यही असार २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

शेयरमा लगानीकर्ताले एनआर्इबीएल एस क्यापिटल लाजिम्पाट, आँधिखोला लघुवित्त वित्तीय संस्था र सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
संस्थाको शेयरलाई इक्रा नेपालले गरेको रेटिङमा औसत अवस्था देखाउने ग्रेड चार उपलब्ध गराइएको छ । त्यस्तै शुक्रवारदेखि कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडाघोडी लघुवित्तको समेत साधारण शेयर बिक्री शुरू भएको छ ।

असार २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार