अझै शुरू भएन कांग्रेस केन्द्रीय समिति बैठक, परामर्शमा देउवा

फाइल तश्वीर
असार २२, २०७६

काठमाडौंविकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न आइतवार बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक साँझ सवा ६ बजेसम्म शुरू हुन सकेको छैन । 

केन्द्रीय समितिको बैठकअघि एजेण्डा तय गर्न पदाधिकारीको बैठक बसिरहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए । पदाधिकारी बैठक सकिएलगत्तै केन्द्रीय समिति बैठक शुरू हुने उनले बताए ।


ADVERTISEMENT

बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूसँग परामर्श गरेका छन् । पौडेल पक्ष यही बैठकबाट महाधिवेशनको मिति तोक्नुपर्ने अडानमा छ । 

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा वरिष्ठ नेता पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षले छलफल तीव्र बनाएका थिए ।

यसअघि महासमिति बैठकमै नेता पौडेलले यही वर्षको फागुनमा पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । 

सभापति देउवा भने विधानमा भएको व्यवस्थामा टेकेर केन्द्रीय समितिको कार्यकाल लम्ब्याउने ध्याउन्नमा लागेको आरोप देउवाइतर समूहले लगाएको छ । 

आज बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका भातृ संगठनको अधिवेशन गर्नेबारे निर्णय लिने अपेक्षा गरिएको छ । 
 

असार २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार