सिरिन्ज आक्रमणको शंकामा एक जना प्रहरी हिरासतमा

असार २३, २०७६

काभ्रे- सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा स्थानीयले एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् । 

सिरिन्ज आक्रमणको आशंकामा बनेपा बसपार्कबाट सोमवार दिउँसो स्थानीयले खगेन्द्र पाठकलाई समातेर प्रहरीलाई जिम्मा लगाएका हुन् ।  


ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एवं एसपी जयराय सापकोटाले यसको पुष्टि गरे । 

सिरिन्ज आक्रमणका घटना बढेसँगै प्रहरीले धमाधम अपराधी समातिरहेको छ । 

तस्वीर : रामसुन्दर आचार्यको फेसबूक वालबाट 

असार २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस