लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

असार २४, २०७६

सिरहा- प्रहरीले सिरहाको गोलबजारबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । 


ADVERTISEMENT

पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर छ किलो ३०० ग्राम बरामद भएको र निजको शरीर तलासी गर्दा नगद २२ हजार ८१० रुपैयाँ र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । 

 

असार २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस