×

NMB BANK
NIC ASIA

भारत र न्युजील्यान्डबीच सेमीफाइनल आज : कसको सम्भावना बढी ?

असार २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रिकेट विश्वकपको पहिलो सेमीफाइनलमा मंगलवार भारत र न्युजील्यान्ड भिड्दैछन् । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा यो खेल हुनेछ । 

Sagarmatha Cement
Muktinath Bank

भारत चौथोपटक फाइनलमा पुग्न कोशिश गर्नेछ भने न्युजील्यान्ड लगातार दोस्रोपटक फाइनल पुग्न खोज्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले न्युजील्यान्डविरुद्ध विगत चार वर्षमा ६९ प्रतिशत एकदिवसीय खेल जितेको छ । सन् २०१५ को विश्वकपपछि यी दुई टीमबीच १३ खेल भएका छन् । त्यसमा भारत ९ अनि न्युजील्यान्ड ४ खेलमा विजयी बनेको छ । 


Advertisment
Nabil box
Kumari

म्यानचेस्टरमा दुवै टीम ४४ वर्षपछि भिड्दैछन् । पछिल्लोपटक उनी सन् १९७५ को विश्वकपमा भिड्दा न्युजील्यान्ड चार विकेटले विजयी भएको थियो । त्यसपछि इंग्ल्यान्डको भूमिमा भएका दुई खेलमा पनि न्युजील्यान्ड नै विजयी भएको थियो । 

Vianet communication
Laxmi Bank

भारतीय टीम छैठौंपटक विश्वकपको सेमीफाइनलमा पुगेको हो । त्यसमा ऊ तीनपटक विजयी र तीनपटक पराजित भएको छ । अघिल्लो विश्वकपमा उसलाई अस्ट्रेलियाले सेमीफाइनलमा हराएको थियो ।

न्युजील्यान्ड चाहिँ कीर्तिमान आठौंपटक सेमीफाइनल खेल्दैछ । तर सेमीफाइनलमा उसले जम्मा एकपटक जितेको छ भने ६ वटामा हारेको छ । 

यी दुई टोलीबीच कसल १०६ वानडे भएका छन् । तिनमा भारतले ५५ अनि न्युजील्यान्डले ४५ खेल जितेका छन् । एक गेम टाई भएको छ र पाँच खेलमा परिणाम आउन सकेन । यस विश्वकपमा यी दुई टोलीबीचको खेल वर्षाका कारण रद्द भयो । 

म्यानचेस्टरमा पानी पर्ने सम्भावना छ । दिनभरि बादल छाउनेछ । तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुनेछ । पहिलो ब्याटिङ गर्ने टीमले फाइदा उठाउन सक्छ । चेज गर्ने टीमले पछिल्ला पाँच म्याचमा हार बेहोरेको छ । 

भारतका लागि ओपनिङ ब्याट्स्म्यान रोहित शर्मा शानदार फर्ममा छन् । उनले ८ इनिङ्समा ६४७ रन बनाएका छन् । यसक्रममा उनको औसत ९२.४२ र स्ट्राइक रेट ९८.७८ छ । उनले पाँच शतक हानिसकेका छन् । 

कप्तान विराट कोहली पनि राम्रो फर्ममा छन् । उनले आठ इनिङ्समा ४४२ रन बनाएका छन् । यस विश्वकपमा उनको पाँच अर्धशतक छ । 

बलिङको कुरा गर्दा जसप्रीत बुमराहले ८ खेलमा १७ विकेट लिएका छन् । अनि मोहम्मद शमीले ४ खेलमा १४ विकेट हार पारेका छन् । कुलदीप यादव भने खासै फर्ममा छैनन् । 

न्युजील्यान्डको कुरा गर्दा कप्तान केन विलियम्सनको प्रदर्शन उत्कृष्ट छ । उनले ९६.२० को औसतमा ४८१ रन बनाएका छन् । उनले दुई शतक प्रहार गरिसकेका छन् । 

बलरमा लोकी फर्गुसनले ७ खेलमा १७ विकेट लिएका छन् । उनले एक खेलमा चार विकेट लिएका छन् । १५० किलोमिटर प्रतिघन्टाको गतिमा बल फ्याँक्न सक्षम फर्गुसनले भारतीय ब्याट्स्म्यानहरूलाई अत्याउन खोज्नेछन् । 

न्युजील्यान्डका लागि मार्टिन गुप्टिल फर्ममा नहुनु चाहिँ चिन्ताको विषय हो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x