×

NMB BANK
NIC ASIA

गृहमन्त्रीको जवाफप्रति कांग्रेसको आपत्ति, सर्लाही गोलीकाण्ड छानबिनको माग गर्दै सदन अवरुद्ध

असार २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल तथा बालकको मृत्युको विरोधमा शान्तिपूर्ण धर्नामा बसेका सरोजकुमार सिंहको प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको मंगलवारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गरेको हो ।


Advertisment
Nabil box
Kumari

‘माननीय गृहमन्त्रीको जवाफ स्पष्ट छैन, तथ्यको आधारमा छैन । मुठभेडका नाममा हत्या भएको छ । जुन ढंगले हत्या भयो, के मुठभेड भएको भए भाँचिएको हातले कसरी गोली चलाउनु भयो ?’ गृहमन्त्रीको जवाफप्रति कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँणले प्रश्न गर्दै भने, ‘गृहमन्त्रीले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु भएको छ, यो घोर आपत्तिजनक छ ।’

Vianet communication
Laxmi Bank

खाँणडले बालक हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके चोकमा शान्तिपूर्ण धर्नामा बसेका व्यक्तिमाथि प्रहरीले गोली चलाएको घटनाप्रति पनि सरकारको आलोचना गरे । 

‘सामान्य हवाई फायर गरेर पुग्ने ठाउँमा शान्तिपूर्ण धर्नामा बसेका नागरिकमाथि युद्धको समयमा प्रयोग हुने एसएलआर चलाउन मिल्छ ?’ उनले प्रश्न गरे । 

गृहमन्त्री थापाले शान्ति सुरक्षाका लागि प्रहरीले गोली चलाउँदा महतोमो मृत्यु भएको बताएका थिए । 

यसअघि आइतवार बसेको बैठकमा कांग्रेस र राजपाले सर्लाही गोलीकाण्डको विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले संसद्मा जवाफ दिन गृहमन्त्रीलाई रुलिङ गरेका थिए । 

खाँण बोलेपछि कांग्रेस र राजपाका सांसदहरूले वेल घेर्दै नाराबाजी गरेका थिए । कांग्रेसको विरोधपछि सभामुख महराले संसद्को बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

दोस्रो बैठक शुरू हुन सकेको छैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x