सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

असार २४, २०७६

मुस्ताङ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाइको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

विपन्न परिवारमा जन्मिएकी उनी पढाइमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाइमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगले उनको पढाइमा योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

जोमसोम अवस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका थिए । 

असार २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार