हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन

असार २४, २०७६

काठमाडौं- एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

नेपालले मंगलवार हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि हात पारेको हो ।


ADVERTISEMENT

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर भेट्टायो । 

नेपालका लागि ओपनर रित गौतमलाई १३ तथा पवन सर्राफले ३९ रनको योगदान गरे । 

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन जोडेको थियो ।

हङकङका लागि आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड भने रौनक कपुरले १२ रन बनाए । 

बलिङतर्फ सागर ढकाल एक्लैले पाँच विकेट लिए । 

यससँगै नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ ।

असार २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस