महाभारतको यो कथा, जो धेरै कम व्यक्तिलाई मात्र थाहा छ !

असार २४, २०७६

काठमाडौं- अपमान, न्याय–अन्याय, बदला तथा विध्वङ्स लगायत केही यस्ता शब्द हाम्रो दिमागमा आउँछन्, जब हामी ‘महाभारत’ नाम सुन्छौं । 

महाभारतका हरेक चरित्रका आ–आफ्नै कथा छन् । हरेक भूमिकाको व्यक्तित्व उनीहरुको परिस्थिति, पुर्नजन्म आदि तत्वबाट प्रभावित भएका हुन्छन् । ति भूमिकासँग तपाई आफूलाई जोडेर पनि हेर्न सक्नुहुन्छ ।


ADVERTISEMENT

यसको अतिरिक्त महाभारत प्रतिज्ञाहरुका लागि पनि चिचिन्छ । युद्धका अतिरिक्त महाभारतमा यस्ता कैयौं कथाहरु छन्, जसबारे धेरै कम व्यक्तिलाई मात्रै जानकारी छ । 

जस्तै, कौरव र पाण्डवहरुको युद्ध, पाण्डवहरुको स्वर्ग गमन, श्रीकृष्णको मृत्युसँग जोडिएका कैयौं कथाहरु तपाईले पढ्नुभएको होला । तर के तपाईले महाभारतमा कुन्ती, गांधारी र धृतराष्ट्रको मृत्युसँग जोडिएको कुनै कथा पढ्नुभएको छ ? महाभारतको एक कथाबाट थाहा हुन्छ कि गांधारी, कुन्ती र धृतराष्ट्रले अग्नि समाधी लिएका थिए । 

महाभारत ग्रन्थमा उल्लेख गरिएअनुसार कौरव र पाण्डवहरुको युद्ध पछि धृतराष्ट्र र गांधारी पाण्डवहरुसँग १५ वर्षसम्म रहे । त्यसपछि कुन्ती, विदुर र संजयसँगै वनमा तपस्या गर्न गए । 

एकदिन जब उनीहरु गंगा स्नान गरेर आश्रमतर्फ आइरहका थिए, त्यतिबेला वनमा भयंकर आगलागी भयो । शारीरिक रुपमा दर्वल भएका कारण धृतराष्ट्र, गांधारी र कुन्ती भाग्न असमर्थ थिए । 

यसकारण उनीहरुले त्यही अग्निमा प्राण त्याग्ने बिचार गरे । त्यपछि एकाग्र भएर वनको बीच भागमै बसे । 

धृतराष्ट्र, गांधारी र कुन्तीले प्राण त्याग्नु अगाडि नै पाण्डवहरु स्वर्ग गइसकेका थिए भने भगवान श्रीकृष्ण पनि बैकुण्ठ धाममा गइसकेका थिए ।

यस्तो मान्यता छ कि धृतराष्ट्र, गांधारी र कुन्तीको मृत्यु पछि नै कलियुग प्रारम्भ भएको हो ।

असार २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस